ओपोको एफसेवेन स्मार्टफोन बैशाख ११ गते नेपालमा सार्वजनिक गर्ने

Technology Khabar ७ बैशाख २०७५, शुक्रबार

ओपोको एफसेवेन स्मार्टफोन बैशाख ११ गते नेपालमा सार्वजनिक गर्ने

काठमाडौं ।

काठमाडौं । ओपोले ओपो एफसेवेन (Oppo F7) नेपाली बजारमा वैशाख ११ गते सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रका अदिती बुढाथोकी र मलिना जोशीले कार्यक्रममा आफ्नो उपस्थिती जनाउने घोषणा गरि सेकेका छन् ।

साथै, तिनका भिडियोमार्फत सार्वजनिक गरिएको ‘यू एण्ड आई’ क्याम्पेन मार्फत दूई भाग्यशाली विजेताले कार्यक्रममा प्रत्यक्ष सहभागी भई तिनका प्रिय स्टारसंग सेल्फी खिच्ने अवसरपनि प्राप्त गर्नेछन् । यसका लागि क्याम्पनेमा सहभागी विजेताले तोकिएको ह्याशट्याग प्रयोग गरी ३ साथीलाई ट्याग र भिडियोलाई लाइक तथा सेयर गर्नु पर्ने हुन्छ । क्याम्पेन एप्रिल १४ देखि अप्रिल १९ सम्म लागु गरिएको थियो ।

आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ ओपो एफसेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नयाँ उत्पादनका रुपमा हुने कम्पनीले जानकारी दिएको छ । नवप्रबर्तनात्मक प्रविधिमा आधारित ओपो एफसेवेनले नेपाली यूवा माझ रहेको कम्पनीको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवीलाई थप सुदृढ बनाउने आशा गरिएको छ ।

सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो । यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ ।

फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ । यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध गरिएको छ । नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने कम्पनीको दाबी छ ।

ओपो एफसेवेनमा २५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल–टाइम एचडीआर प्रविधि उपलब्ध गरिएको छ ।

नयाँ फोनमा सेन्सर एचडीआर फिचर ईनब्यूल्ट रुपमै समाहित गरिएको छ । उत्कृष्ट सेल्फी सहज रुपमा लिन सघाउने उक्त प्रविधि ओपो एफसेवेनमा डिफल्ट फिचरका रुपमा समाहित गरिएको छ । प्रकाश समायोजन गरी तिब्र गतिमा तस्विर परिमार्जनमा सघाएर उत्कृष्ट तस्विर पोष्ट गर्न सघाउँछ । साथै, यो फिचर तस्विरका साथै भिडियोका लागि पनि प्रयोग गर्न सकिने बतार्इएको छ ।

ओपो एफसेवेनमा रहेका एआई प्रविधि युक्त अन्य विभिन्न फिचर्सहरु-

एआई एल्बम

फोनमा कम्पनीले एआई एल्बमको ब्यवस्था गरेको छ । यसले प्रयोगकर्ताको अनुहार , स्थान तथा दृष्यका आधारमा तस्विरलाई वर्गिकृत गरी खोजी कार्य तथा एडिटिङ कार्यमा सहजता प्रदान गर्छ । एआई एल्बममा रहेको अर्को रोचक फिचरले नयाँ मोमेन्ट्स फिचर मार्फत पूराना तस्विरहरुको खोजी कार्यमा तिब्रता ल्याउन सघाव पु¥याउँछ ।

एआई बोर्ड फिचर

फोनमा स्प्लिट स्क्रिन फिचरका रुपमा उपलब्ध गरिएको एआई बोर्ड फिचरमा प्रयोगकर्तालाई आफ्ना मनपर्ने एप्सहरु राख्न सक्छन् । यो फिचरले स्वचालित रुपमा महत्वपूर्ण मिटिङ् तथा तालिका, भ्रमण, चलचित्र टिकट तथा ई–कमर्स अर्डरको अवस्थालाई ईमेल तथा सन्देश मार्फत क्रमबद्ध गर्न सभाव पुर्याउँछ ।

एआई प्रविधिले एफसेवेनको प्रणाली ब्यवस्थापनमा समेत सघाव पु¥याउँछ । यसले ६४ बिट ४ जीबी ओक्टा–कोर प्रोशेसर (१ सय २८ जीबी भर्जनका लागि ६ जीबी) लाई बुद्धिमानी पूर्वक छुट्याएर फोनको कार्य प्रणाली सही राख्ने कार्यमा सघाउँछ । यसले गर्दा नयाँ फोनले पछिल्लो फोन एफफाइभका तुलनामा ८० प्रतिशत उत्कृष्ट कार्य प्रदर्शनी दिने क्षमता राख्छ । साथै, एआईले उर्जा ब्यवस्थापनमा समेत सघाव पु¥याउँदै ब्याट्रीलाई थप समय सम्म टिकाउन सघाउने कम्पनीले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: ७ बैशाख २०७५, शुक्रबार

ताजा समाचार