ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी स्टोरेजको प्रि-बुकिंग शुरु

Technology Khabar ६ बैशाख २०७५, बिहीबार

ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी स्टोरेजको प्रि-बुकिंग शुरु

काठमाडौं ।

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा सामसंग ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी स्टोरेजमा ल्याउने भएको छ ।

अप्रिल १७ देखि सुरु भएको सामसंग ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी संस्करण(Samsung Galaxy S9+ 128 GB) को प्रि बुकिङ २२ अप्रिलसम्म खुला रहने छ । उपभोक्ताहरुले www.S9prebooking.com मा गई प्रि-बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत ७ हजार २ सय रुपैयाँ बराबरको बोटल स्पीकरसहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५ प्रतिशतसम्मको छुट, रुट्स फेशनमा खरिद बापत १० प्रतिशत छुट र साथै केजिएच होटेलमा ५ हजार रुपैयाँमा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२००० एमबी डेटा र १२ हप्ताका लागि हरेक हप्ता १००० एमबी र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।

उपभोक्ताहरुलाई ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी भर्सन १ लाख ९ हजार ९ सय रुपैयाँ रहेकोमा ५ हजार रुपैयाँ क्यासब्याक उपलब्ध गराइने बताईएको छ ।

ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी भर्सन अप्रिल २३ तारिखदेखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा मिडनाइट ब्ल्याक रङमा उपलब्ध हुनेछ ।

Global Bank
easy care

प्रकाशित: ६ बैशाख २०७५, बिहीबार

ताजा समाचार