एभरेष्ट बैंकको शाखा बर्दियाको बाँसगढीमा

Technology Khabar ५ बैशाख २०७५, बुधबार

एभरेष्ट बैंकको शाखा बर्दियाको बाँसगढीमा

काठमाडौं ।

काठमाडौं । एभरेष्ट बैंकले बर्दियाको बाँसगढीमा आफ्नो शाखाको औपचारिक शुरुवात गरेको छ ।

बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे । सो कार्यक्रममा बाँसगढी नगरपालिकाका उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्र जंग शाहि तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

हालै भएको क्यामेल रेटिंगमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जालमार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ५ बैशाख २०७५, बुधबार

ताजा समाचार