क्लियर टिभी सेवाले २५० बढी डिजिटल तथा एचडी च्यानल प्रशारण गर्ने

Technology Khabar ५ बैशाख २०७५, बुधबार

क्लियर टिभी सेवाले २५० बढी डिजिटल तथा एचडी च्यानल प्रशारण गर्ने
NTC_Advt

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्नो क्लियर टिभी सेवामा सेवामा २५० पचास भन्दा बढी डिजिटल च्यानलहरु बिस्तार गरेको छ जसमा ६० भन्दा बढि एचडी च्यानलहरु रहेका छन् ।

सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडी तथा डिजिटल च्यानल सेवा प्रदायक कम्पनी भएको दाबी गरेको छ ।

बिभिन्न विधा जस्तै खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनसशैली अन्तर्गत पर्ने २५० पचास भन्दा बढी डिजिटल र एचडी च्यानलहरुले दर्शकहरुको आफ्नो रोजाइको च्यानल हेर्ने अपेक्षा पुरा हुने कम्पनीको विश्वास रहेकोछ ।

क्लियर टिभी सेवामा हाल ग्राहकहरुका लागि १ हजार ९सय ९९ रुपैयाँको अफर रहेको छ जसमा ग्राहकहरुले सेट टप बक्स, इन्स्टलेसन चार्ज र २ महिनाको ग्राहकसेवा प्राप्त गर्नसक्नेछन् ।

क्लियर टिभी सेवा बेसिक र प्रिमीयम गरी दुई प्याकेजहरु मा उपलव्ध छ र प्रति महिना न्युनतम ५०० रुपैयाँदेखि ७०० रुपैयाँसम्म सेवा शुल्क रहेको छ साथै एकमुष्ट ३, ६ र १२ महिनाको सेवा खरिदगर्दा बिषेश छुट प्राप्त गर्नसकिने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकहरुले क्लियर टिभी र इन्टरनेट सेवाको बण्डल गरिएका प्याकेजहरु पनि उपयुक्त मुल्यमा प्राप्त गर्न सक्ने बताईएको छ ।

क्लियर टिभीसेवामा एक वा सो भन्दा बढी जडान सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ५ बैशाख २०७५, बुधबार