अब ईमेलको पनि एक्पायरी डेट, गूगलले परिक्षण गर्दै

काठमाडौं । अब तपाईँले प्रयोग गर्नुहुने ईमेलको पनि एक्सपायरी डेट अर्थात सकिने मिति हुने भएको छ । तपाईँले प्रयोग गर्ने जीमेल एकाउन्टमा नै ईमेलको एक्सपायरी डेटसहित ईमेल प्रयोग गर्न सकिने सुविधा आउने भएको छ ।

जीमेलले प्रयोगकर्ताहरुको सुरक्षालाई अझ ससक्त बनाउने गरि ईमेललाई रीडिजाइन गर्न लागिरहेको छ, जसले गर्दा जीमेल प्रयोगकर्ताहरुको ईमेल पढ्ने बित्तिकै निश्चित समयपछि स्वत डिलिट हुनेछ ।

यस्तो ईमेल सेवामा काम गर्नु निकै कठिन भएको र यस्तो सबै प्रयोगकर्ताहरुको लागि सहज बनाउनुपर्ने हुन्छ । तर गूगल जस्तो कम्पनीले भने यो चुनौतीलाई ध्यानमा राख्दै एक्पायरी डेट भएको ईमेल सेवा शुरु गर्न लागेको हो ।

यो फीचर प्रोटोनमेल को जसरी काम गर्नेछ जसले केहि समयपछि आफैं हराउँछ । यस्तो ईमेल प्रयोगकर्ताले पढीसकेपछि वा निश्चित अवधिपछि आफैं हराउने र पढ्न सकिने किसिमको हुन्छ ।

यसको लागि गूगलले कम्पोस स्क्रीनमा लक आईकन राखेको छ जसलाई कन्फिडेन्सियल मोड भनेर भनिन्छ । यस्तो ईमेल पाउने व्यक्तिले अन्य साथीहरुलाई ईमेल फरवार्ड गर्न, कपी र पेस्ट गर्न, डाउनलोड अथवा प्रिन्ट गर्न नसक्ने किसिमको हुन्छ ।

प्रयोगकर्ताले आफैं यसको एक्सापयरी डेट तोक्न सक्नेछ, जसमा एक साता, एक महिना, कयौं वर्षहरु लगायत छन भने तपाईँले ईमेल पठाउन लाग्नु भएको साथी जसले ईमेल प्राप्त गर्दछ त्यसको परिचय समेत गोप्य राख्न सक्नुहुनेछ ।

यस्तो किसिमको ईमेल प्रापकको खाताबाट स्वत हराउँछ भने ईमेल पठाउने प्रेषकको आउट बक्स खाताबाट समेत डिलिट हुन्छ ।

हाल यो सुविधा सामान्य जीमेल प्रयोगकर्ताहरुका लागि उपलब्ध छैन भने यो कहिलेसम्म आउँछ भन्ने स्पष्ट छैन् ।

माध्यम