महिन्द्रा टुह्वीलर अब परासीमा

Technology Khabar २ बैशाख २०७५, आईतवार

महिन्द्रा टुह्वीलर अब परासीमा

काठमाडौं ।

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कको आधिकारीक डिलर वारिस अटोमोबाइल्सले हालै थ्रीएसअर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित प्रदेश नं ५ को परासी बजारमा आफ्नो शाखा शोरुमको उद्घाटन गरेको छ ।

यो शोरुम वैशाख १ गतेबाट संचालनमा ल्याईएको हो । शोरुमको शुभारम्भपछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट महिन्द्रा टुह्वीलरको सम्पूर्ण थ्रीएस सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

चाहिएको वेला सर्वसुलभ तरिकाबाट बाइक तथा स्कुटर खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु यस सेन्टरको प्रमुख उद्देश्य रहेको वारिस अटोमोबाइल्सका संचालक ईरफान वारिसले बताए ।

Global Bank
easy care

प्रकाशित: २ बैशाख २०७५, आईतवार

ताजा समाचार