हिमालयन बैंक र ईन्टरनेशनल फाइनान्स कर्पोरेशनविच लगानी सम्झौता

Technology Khabar २ बैशाख २०७५, आईतवार

हिमालयन बैंक र ईन्टरनेशनल फाइनान्स कर्पोरेशनविच लगानी सम्झौता

काठमाडौं ।

काठमाडौं । हिमालयन बैंक र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बिच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

सो सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोक शम्शेर राणा र आइएफसीका तर्फबाट आवाशिय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आइएफसीले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ । महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, संचालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य हो । हिमालयन बैंकले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रयोग गर्ने जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २ बैशाख २०७५, आईतवार

ताजा समाचार