माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा

Technology Khabar २९ चैत्र २०७४, बिहीबार

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा

काठमाडौं ।

काठमाडौं । माछापुच्छ्रे बैंककोे चैत २८ गते बसेको ३७० औं संचालक समितिको बैंठकले सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई. बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए । सो पश्चात शर्माले एन.एम.बि. बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यस अघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए ।

नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएको बैंकले जनाएको छ ।

easy care

प्रकाशित: २९ चैत्र २०७४, बिहीबार

ताजा समाचार