नयाँ वर्षको अवसरमा सामसङको नयाँ अफर, इलेक्ट्रोनिक्स् उत्पादन किन्दा १५ प्रतिशतसम्म छुट

Technology Khabar २९ चैत्र २०७४, बिहीबार

नयाँ वर्षको अवसरमा सामसङको नयाँ अफर, इलेक्ट्रोनिक्स् उत्पादन किन्दा १५ प्रतिशतसम्म छुट

काठमाडौं ।

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स् नेपालले नयाँ वर्ष २०७५ को उत्साहलाई दोब्बर गर्दै ‘नयाँ वर्षको उमङ्ग, सामसङसँग’ नामक अफर बजारमा ल्याएको छ ।

नयाँ वर्षको उल्लासमय अवसरमा उत्कृष्ट योजनाहरुसँगै एक नौलो सुरुवात गर्न चाहने उपभोक्ताहरुलाई लक्षित गरी यस योजना नयाँ वर्षको उपहारको रूपमा प्रस्तुत गरिएको कम्पनीले जानकारी दिएको छ ।

उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरणको खरिदमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

पहिलो पटक सामसङले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकसँग साझेदारी गर्दै आफ्नो स्मार्ट टिभीको विक्रीमा अनलिमिटेड इन्टरनेट प्लस नेट टिभी Unlimited Internet + Net TV सेवा प्रदान गर्ने भएको छ ।

३२ इन्च देखि ४३ इन्चसम्मको सामसङ स्मार्ट टिभीको खरिदमा अब उपभोक्ताले १२ प्रतिशत क्यासब्याक तथा ६ महिनाको लागि १० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्लस नेट टिभी सेवा पाउनेछन् । त्यसैगरी, ४९ इन्च देखि ५५ इन्च सम्मको फ्ल्याट स्मार्ट टिभीको खरिदमा उपभोक्ताले १२ प्रतिशत क्यासब्याकसहित ६ महिनाको लागि २५ एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्लस नेट टिभी सेवा प्राप्त गर्नेछन् ।

साथै, ५५ इन्च कभ्र्ड र त्यसमाथिको श्रेणीका एसयूएचडी SUHD र क्यूएलईडी टिभी QLED को खरिदमा १२ प्रतिशत क्यासब्याकसहित १ वर्षको ५० एमबीपीएस अनलिमिटेड इन्टरनेट प्लस नेट टिभी सेवा उपभोक्ताहरुलाई दिइने बताईएको छ ।

अन्य एचडी र फुलएचडी टिभीको खरिदमा भने उपभोक्ताले अधिकतम खुद्रा मूल्यमा १५ प्रतिशत पक्का क्यासब्याक पाउने कम्पनीले जानकारी दिएको छ ।

माथि उल्लेखित सेवासँगै उपभोक्ताले सामसङको सबै सिंगल डोर रेफ्रिजेरेटरहरु तथा डबल डोर रेफ्रिजेरेटरहरुका केही मोडेलहरुमा ११ प्रतिशतदेखि १५ प्रतिशतसम्मको छुट पनि प्राप्त गर्नेछन् ।

त्यसैगरी नयाँ वासिंग मेसिन, फ्लेक्सवासको खरिदमा निशुल्क सामसंग एयर प्यूरिफायर र ५ हजार रुपैयाँ बराबरको २२ किलो डिटर्जेन्ट उपलब्ध छ । साथै अन्य टप लोड र फ्रन्ट लोड वासिंग मेसिनहरुको अधिकतम खुद्रा मूल्यमा १० प्रतिशत क्यासब्याक पाइनेछ ।

आफ्ना उपभोक्ताहरुलाई कदर गर्दै उनीहरुको बढ्दो चाहना पूरा गर्ने सामसङको लक्ष्यसहित नव वर्षको शुभारम्भको अवसरमा यस योजना ल्याएको हो । नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा अधिकृत विक्रेतामा उपलब्ध यो अफर १३ मे २०१८ सम्म लागू गरिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २९ चैत्र २०७४, बिहीबार

ताजा समाचार