एमआइका ४ नयाँ उत्पादन बजारमा, स्पोर्टस वाचदेखि होम सेक्यूरिटी क्यामरासम्म

Technology Khabar २८ चैत्र २०७४, बुधबार

एमआइका ४ नयाँ उत्पादन बजारमा, स्पोर्टस वाचदेखि होम सेक्यूरिटी क्यामरासम्म

काठमाडौं ।

काठमाडौं । साओमीले नेपाली बजारमा नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । कम्पनीले चार नयाँ इको प्रडक्टहरु सार्वजनिक गरेको छ ।
एमआई नेपालले बजारमा एमआइ अम्याजफिट बीप लाइट यूथ वाच, एमआइ अम्याजफिट स्पोर्टस वाच, एमआइ इलेक्ट्रीक केटल तथा एमआइ होम सेक्यूरिटी क्यामरा ३६० ल्याएको छ ।

एमआइ अम्याजफिट बीप लाइट यूथ वाचमा रिफ्लेक्टिभ कलर डिस्प्ले, २.५डी कोर्निंग गोरिल्ला सबस्टिच्यूट ३ प्लस एएफ कोटिंग स्क्रिन मटेरियल प्रयोग गरिएको छ । यसमा १.२८ इन्चको स्क्रीन राखिएको छ, जसको मूल्य कम्पनीले १० हजार रुपैयाँ तोकेको छ ।

अम्याजफिट स्पोर्टस वाचमा १.३४ इन्चको क्यापासिटिभ टच स्क्रीन छ जसमा गोरिल्ला ग्लास प्रयोग गरिएको छ भने यसमा १.२ गीगाहर्जको ड्यूल कोर प्रोसेसर प्रयोग गरिएको छ । यसका साथमा ५१२ एमबीको र्याम तथा ४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ जसको मूल्य १७ हजार ४ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

एमआइ नेपालले ल्याएको इलेक्ट्रीक केटल स्टेलनेस स्टीलद्धारा निर्माण गरिएको छ भने यो १.५ लिटर क्षमतामा आउँछ जसको मूल्य ३ हजार १ सय ९९ रुपैयाँ तोकिएको छ ।

कम्पनीले ल्याएको एमआइ होम सेक्यूरिटी क्यामरा ३६० द्धारा ३६० डिग्रीको पानोरामा भिडियो खिच्न सक्दछ जून ७२० पिक्सेल रिजोल्यूशनमा हुन्छ । यसका साथै यो क्यामरामा इन्फ्रारेड नाइट भिजन, साइलेन्ट मोटर, मोसन डिटेक्सन तथा इन्भर्टेड इन्स्टलेसनको सुविधाहरु छन् । एमआइ होम सेक्यूरिटी क्यामरा ३६० को मूल्य कम्पनीले ४ हजार ७ सय ९९ रुपैयाँ तोकेको छ ।

easy care

प्रकाशित: २८ चैत्र २०७४, बुधबार