लक्ष्मी बैंकको भीजा कार्ड भीजा कम्पनीद्धारा भेरिफाईड

Technology Khabar २७ चैत्र २०७४, मंगलवार

लक्ष्मी बैंकको भीजा कार्ड भीजा कम्पनीद्धारा भेरिफाईड
Classic Tech

काठमाडौं । लक्ष्मी बैंक लि.ले आफना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदान गर्ने उद्देश्य सहित भीजा कम्पनीले प्रमाणित गरेको (Verified by Visa (VbV) – 3D Secure Service) भीजा डेबिट कार्डहरु ल्याएको छ । यस्तो सुनिश्चितताले ग्राहकलाई अनधिकृत कारोबार हुन बाट जोगाउँदछ ।

एक पटक रजिस्टर्ड गरे पछि भीजा डेबिट कार्डका प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इन्टरनेटको माध्यमबाट सुरक्षित एवं सहज रुपमा अनलाइन इ कमर्शको कारोवार गर्न सक्नेछन् । बर्तमान परिप्रेक्षमा संसारमा अधिकतम प्रयोगमा रहेको अनलाईन बजारको कारोवारलाई यस बैकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले सजिलै अनि अझ बढी सुरक्षित तरिकाले प्रयोग गर्न सक्ने कम्पनीको भनाई छ ।

अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भीजा इन्टरनेशनल मार्फत यो सेवा लक्ष्मी बैकका डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराईएको छ ।

भारतको एजीलिएनट टेक्नोलोजी प्रालिको Izealiant Technologies Pvt. Ltd को प्राविधिक सहकार्यमा यो सेवा गर्न सुरु गरिएको हो ।

उक्त सेवा सुचारु गर्नको लागि बैकका भीजा डेबिट कार्ड प्रयोगकर्ताले कारोवार गर्दाको अवस्थामा वा यस बैंकको वेबसाइट www.laxmi.laxmibank.com मा गई कुनै पनि समयमा यो सेवा सुचारु गर्न सक्ने बैंकले जनाएको छ ।

TK Viber

प्रकाशित: २७ चैत्र २०७४, मंगलवार

Loading...