आइएमई जनरल इन्स्योरेन्सले कृषकहरुको मौरी बीमा गर्ने

Technology Khabar २६ चैत्र २०७४, सोमबार

आइएमई जनरल इन्स्योरेन्सले कृषकहरुको मौरी बीमा गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेड बिच संघसँग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौता पश्चात नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसंग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक रेग्मीले संघसँगको सम्झौताबाट थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफना मौरीको बीमा गरी ढुक्कसंग आफनो व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने अपेक्षा व्यक्त गरे ।

साथै सोही अवसरमा संस्था तथा संस्थासंग आवद्ध सदस्य महानुभावहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

TK Viber

प्रकाशित: २६ चैत्र २०७४, सोमबार

Loading...