एप्पल आइफोनको लागि टचलेस कन्ट्रोल र कर्ब्ड स्क्रीन परिक्षण गर्दै

Technology Khabar २३ चैत्र २०७४, शुक्रबार

एप्पल आइफोनको लागि टचलेस कन्ट्रोल र कर्ब्ड स्क्रीन परिक्षण गर्दै

काठमाडौं ।

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले नयाँ आइफोनहरुमा पूर्ण परिवर्तन गर्ने भएको छ । कम्पनीले अब कर्ब्ड स्क्रीन भएको आइफोन बनाउने तयारी गरेको रिपोर्ट बाहिर आएको छ ।

ब्लूमबर्गको रिपोर्टअनुसार आइफोनले मुख्य गरि दुई वटा विषयमा ठूलो परिवर्तन गर्न लागेको हो । जसमा टच स्क्रीन जेस्चर कन्ट्रोलका साथमा कर्ब्ड स्क्रीन भएको आइफोन हुनेछ । रिपोर्टकाअनुसार एप्पलले यस्तो प्रविधिको परिक्षण गरिरहेको छ जसमा यूजरले आइफोन नछोईकन नै प्रयोग गर्न सकिन्छ । यसको अर्थ स्क्रीनमा हातले नछोईकन नै फिंगर जेस्चरको माध्यमबाट स्क्रीनमा काम हुनेछ ।

मबर्गकाअनुसार यो फीचरलाई एयर जेस्चर भनिएको छ र यसको माध्यमबाट आइफोन प्रयोगकर्ताले केहि कामहरु स्क्रीनमा नछोईकन नै सिधै गर्न सक्नेछन् । यो प्रविधि एप्पलले परिक्षण गरिरहेको र यो उपभोक्तासम्म आउनको लागि करिब २ वर्ष लाग्ने बताईएको छ ।

त्यस्तै आइफोनले पनि कर्ब्ड स्क्रीन प्रयोग गर्नेछ । यसमा माथिदेखि तलसम्म नै मोडिएको स्क्रीन हुनेछ । हाल सामसंगलगायतका केहि कम्पनीहरुले पनि कर्ब्ड स्क्रीन डिस्प्ले उपलब्ध गराएको भएपनि त्यो साइडमा मात्र कर्ब्ड रहेको छ ।

यी दूबै प्रविधिहरु हाल कम्पनीमा परिक्षणको अवस्थामा मात्र रहेको हुँदा संभवत नयाँ आउने आइफोनमा यी विशेषताहरु नहुन पनि सक्नेछन् ।

माध्यम

easy care

प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार