Technology Khabar २३ चैत्र २०७४, शुक्रबार
काठमाडौं । सामसङले नयाँ वर्ष २०७५ आगमनलाई लक्षित गर्दै आफ्नो “२०७५ साल सामसङ अफर बबाल” घोषणा गरेको छ ।
योजनाअन्तर्गत, सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । उपभोक्ताले ग्यालेक्सी ट्याब एस ३ को Galaxy Tab S3 को खरिदमा लेभल बक्स स्पिकर, एस ८ तथा एस ८प्लसको खरिदमा लेभल यु फ्लेक्स तथा नोट ८ को खरिदमा एउटा बोटल स्पिकर सित्तैमा पाउनेछन् ।
सो उपहारहरुसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा भारी छुटको व्यवस्था पनि गरेको छ ।
६ हजार ९० रुपैयाँको छुटसहित नोट ८ अब ९६ हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछ । साथै ७ हजार रुपैयाँको छुटसँगै एस ८ प्लसको मूल्य ७९ हजार ९ सय रुपैयाँ तथा एस ८ को मूल्य ६९ हजार ९सय रुपैयाँ तय गरिएको छ ।
“नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै हामीले हाम्रा उपभोक्ताहरुका लागि यो नयाँ अफर ल्याएका छौँ । हामी विश्वस्त छौँ यसले सकारात्मक प्रभाव पार्दै उहाँहरुसँगको हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउनेछ,” सामसङ मोबाइल शाखा प्रमुख प्रणय रत्न स्थापितले भने ।
कम्पनीले २ हजार रुपैयाँको छुट सहित जे सेभेन प्रो र जे सेभेन म्याक्सको मूल्य क्रमशः ३० हजार ९ सय रुपैयाँ तथा २६ हजार २९० रुपैयाँ तोकिएको छ । जे सेभेन प्राइम २ को J7 Prime 2 को मूल्य अब २७ हजार ९सय ९० रुपैयाँ र जे सेभेन एनएक्सटी (३२जीबी) J7 Nxt को मूल्य २० हजार ९सय ९० रुपैयाँ निर्धारित गरिएको छ ।
त्यस्तै १ हजार २ सय रुपैयाँको छुट सहित अन एनएक्सटीको On Nxt मूल्य २३ हजार ९ सय ९० रुपैयाँ तय गरिएको कम्पनीले जानकारी दिएको छ ।
यस “२०७५ साल सामसङ अफर बबाल” योजना दुवै कम्पनी तथा उपभोक्ताका लागि लाभदायक हुने कम्पनीले अपेक्षा गरेको छ ।
प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार