तीन पांग्रे पियाजियोमा सिभिल र माछापुच्छ्रे बैंकको ७० प्रतिशतसम्म लगानी

Technology Khabar २३ चैत्र २०७४, शुक्रबार

तीन पांग्रे पियाजियोमा सिभिल र माछापुच्छ्रे बैंकको ७० प्रतिशतसम्म लगानी

काठमाडौं ।

काठमाडौं । तीन पांग्रे सवारी साधन पियाजियोमा लगानीका लागि सिभिल बैंक र माछापुच्छ्रे बैंक तथा विवेक अटोमोबाइल्स प्रालि बीच सम्झौता भएको छ ।

दुवै बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम स्वरोजगार कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेका हुन् ।

सम्झौता पत्रमा विवेक अटोमोबाइल्सका तर्फबाट कार्यकारी निर्देशक विवेक दुगड तथा सिभिल बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सुजित कुमार शाक्य र माछापुच्छ्रे बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सर्जु थापाले हस्ताक्षर गरेका छन् ।

नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागि उपयुक्त तथा प्रभावकारी साधनको रुपमा तीन पांग्रे सवारी साधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पूँजी लगानीबाटै सञ्चालन गर्न सकिन्छ ।

सम्झौता अनुसार बैंकहरुले इटालियन ब्रान्डको तीन पांग्रे सवारी साधन ˈपियाजियोˈ लाई सरल तथा छरितो तवरले लगानी गर्ने बताएका छन् ।

सम्झौताबाट नेपालका बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोकी नेपालमै रोजगारीको अवसर सृजना गर्न सहज भएको विवेक अटोमोबाइल्स प्रालिका कार्यकारी निर्देशक विवेक दुगडले बताए ।

एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स पियाजियो गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

Global Bank
easy care

प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार

ताजा समाचार