रारा ताल क्षेत्रमा वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा

Technology Khabar २२ चैत्र २०७४, बिहीबार

रारा ताल क्षेत्रमा वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा

काठमाडौं । कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि निशुल्क वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ। आफ्नो प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध लगाएको कर्णाली प्रदेश सरकारले रारा ताल क्षेत्रमा भने निशुल्क वाइफाइ सेवा संचालन गर्ने भएको हो ।

रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो।

कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीकाअनुसार सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाइफाइको व्यवस्था गर्न लागेको हो ।

पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्‍याउन तथा उनीहरूलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरिने मन्त्री केसीले जानकारी दिए।

रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि उनले बताए।

यसै वर्ष मात्रै नेपाल टेलिकमले रारा ताल क्षेत्रमा थ्रीजी मोबाइल सेवा संचालनमा ल्याएको थियो ।

माध्यम

TK Viber

प्रकाशित: २२ चैत्र २०७४, बिहीबार

Loading...