माछापुच्छ्रे बैंकको एमविएल मोबाइल मनी बजारमा

Technology Khabar १८ चैत्र २०७४, आईतवार

माछापुच्छ्रे बैंकको एमविएल मोबाइल मनी बजारमा

काठमाडौं ।

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक सुबिधासहितको एमविएल मोबाइल मनी (M3 Plus) बजारमा ल्याएको छ । बैंकले सरल माध्यमबाट बैंकिङ्ग सुविधा प्रदान गर्ने उदेश्यले “हातमा नै बैंक” भन्ने नाराका साथ नयाँ मोबाइल बैंकिङ्ग (M3 Plus) सुरु गरेको जनाएको छ ।

सो सेवाका विशेषताहरु इन्टरनेट/जीपीआरएसमा आधारित, ग्राहकद्वारा आफै मोबाईलबाट मुद्यति खाता खोल्न सकिने, तालिकाबद्ध भुक्तानी निर्देशन दिन सकिने, अन्तर बैंक रकमान्तर गर्न सकिने, मोबाइल रिचार्ज/टपअप, विल भुक्तानी, ई–वालेट टपअप, क्रेडिट कार्डको भुक्तानी गर्न सकिने आदि जस्ता थुप्रै सुबिधाहरु रहेको बैंकले जनाएको छ ।

साथै यसको प्रयोगबाट ग्राहकहरुले बैंकका शाखा तथा एटीएमहरु पत्ता लगाउन सकिने, विनियम दर तथा धितोपत्र सम्बन्धि जानकारी प्रप्त गर्न सकिने, सि–आस्वा भर्ने सुविधा तथा बैंकिङ्ग कारोवारको सरल, सुरक्षित तथा भरपर्दाे माध्यम भएको समेत जनाएको छ ।

बैंकले आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको जनाएको छ ।

easy care

प्रकाशित: १८ चैत्र २०७४, आईतवार

ताजा समाचार