काठमाडौंका ६ ठाउँमा निशुल्क वाईफाई, तपाईँलाई पायक पर्ने स्थान हेर्नुहोस्

Technology Khabar १८ चैत्र २०७४, आईतवार

काठमाडौंका ६ ठाउँमा निशुल्क वाईफाई, तपाईँलाई पायक पर्ने स्थान हेर्नुहोस्

काठमाडौं ।

काठमाडौं । अब काठमाडौंका विभिन्न स्थानमा निशुल्क वाईफाई प्रयोग गर्न पाईने भएको छ । काठमाडौं महानगरले काठमाडौंका विभिन्न स्थानमा निशुल्क वाईफाई सेवा दिने भएको हो ।

काठमाडौंका विभिन्न स्थानहरुमा वाईफाई सेवा सुविधा उपलब्ध गराउने विषयमा महानगरपालिका र वर्ल्डलिङ्क कम्यूनिकेसन प्रालिबीच सम्झौता भएको हो ।

काठमाडौंको बसन्तपुर, बौद्ध, स्वयम्भू, शंखपार्क, वालाजु वाइसधारा, र पशुपति क्षेत्रमा ६० दिन भित्र निःशुल्क वाईफाई सेवा

महानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा र वर्ल्डलिङ्क कम्युनिकेसनका निर्देशक विजय कुमार जलानले करार सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सो सम्झौताअनुसार ६० दिन भित्र काठमाडौंका सम्पदा क्षेत्रहरुमा वाईफाई निशुल्क हुनेगरी सेवा दिईने बताईएको छ।

काठमाडौंको बसन्तपुर, बौद्ध, स्वयम्भू, शंखपार्क, वालाजु वाइसधारा, र पशुपति क्षेत्रमा ६० दिन भित्र निःशुल्क वाईफाई सेवा सुचारु हुनेछ ।

वर्ल्डलिङ्क र महानगर बीचको करार ५ वर्षको हुनेछ भने सो करार सम्झौताको म्याद थप्न पनि सकिने छ।

महानगरपालिकाले तोकेका अन्य स्थानमा पनि वर्ल्डलिङ्कले वाइफाई सेवा प्रदान गर्नुपर्ने छ त्यसो गर्न नसके महानगरले अरु सेवा प्रदायकसँग सहकार्य गर्ने करारमा उल्लेख गरीएको छ।

सम्झौताअनुसार प्रयोगकर्ताको संख्या वृद्धि भएसँगै वर्ल्डलिङ्कले क्षमता पनि बढाउनु पर्नेछ।

सम्झौता कार्यक्रममा बोल्दै हाल ६ स्थानमा सेवा दिएपनि निशुल्क वाईफाई सेवाको प्रभाव हेरेर यसलाई क्रमश बढाउँदै लैजाने काठमाडौं महानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्यले बताए।

हरेक स्थानमा १० एमवीपीएस व्याण्डविथ क्षमताको सेवा जडान

महानगरसँग सहकार्य गरेर अरु ठाँउमा पनि सेवा दिने इच्छा रहेको वर्ल्डलिङ्क कम्युनिकेशनका निर्देशक जलानले बताए।

महानगरसँगको सम्झौताबमोजिम गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको वर्ल्डलिङ्कका निर्देशक विजयकुमार जलानले बताए ।

महानगरभित्र वाईफाई जडानसम्बन्धी गरिएको अध्ययनअनुसार एक पटकमा वाईफाईका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमवीपीएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ ।

सबैभन्दा धेरै एक्सेस प्वाइन्ट पशुपति क्षेत्रमा हुनेछ जहाँ ११ वटा एक्सेस प्वाइन्ट हुनेछ भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यानमा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन् ।

प्रयोगकर्ताकोआधारमा पशुपति क्षेत्रमा एकै पटकमा २सय देखि ७सय जनासम्मले वाईफाई प्रयोग गर्नसक्ने अध्ययनले देखाएको छ भने बौद्धमा २५० देखि ५०० जना, शंखपार्कमा ५० देखि २०० जना, बालाजुमा २०० देखि ७०० जना, स्वयम्भूमा २०० देखि ३०० जना, बसन्तपुरमा २०० देखि ३०० जनासम्मले एकैपटक सेवा लिनेछन् ।

एक पटक वाईफाई प्रयोग गर्नेले ३० मिनेट सेवा लिइसकेपछि सिस्टमले त्यस व्यक्तिको मोबाइल फोनमा त्यसदिन कनेक्सन हुनबाट स्वत रोक्नेछ । तर अर्को एक्सेस प्वाइन्टबाट भने सेवा लिन सक्नेछ ।

Global Bank
easy care

प्रकाशित: १८ चैत्र २०७४, आईतवार

ताजा समाचार