पञ्चकन्या ग्रुप र सहरी विकास तथा भवन निर्माण विभागबीच अन्तरक्रिया

Technology Khabar १८ चैत्र २०७४, आईतवार

पञ्चकन्या ग्रुप र सहरी विकास तथा भवन निर्माण विभागबीच अन्तरक्रिया
NTC_Advt

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो विभिन्न उद्योगदारा उत्पादित निर्माण सामाग्रीहरुको बारे जानकारी गराउने उद्देश्यले सहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिहरुसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राजधानीमा आयोजित सो कार्यक्रममा आफ्ना  उत्पादनका बारे गुणस्तर र प्रविधिक पक्ष र भावि योजनाको बारेमा अन्तरक्रिया गरेको थियो ।

सो कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्जल कुमार श्रेष्ठद्धारा उद्योगका उत्पादनहरु बारेमा प्रस्तुति राखेका थिए । त्यसैगरी सिकुसी जापान कै प्रतिनिधि मोहित वशलले सिपिभिसी सजिलो जडानका बारे प्रस्तुति राखेका थिए ।

पञ्चकन्या गु्रपका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर शम्भु कर्णले कम्पनीको लाइट गेज स्टिल स्टक्चरको (एलजिएस) विषयमा प्रस्तुति गर्नुभएको थियो त्यसैगरी कम्पनीका सेल्स म्यानेजर हर्कबहादुर थापा मगरले एचडिईपी, पिभीसी, पिपिआर र सिपिभिसी पाइप विषयमा जानकारी दिएका थिए ।

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरी शर्मालगायतको विशेष उपस्थितीमा भएको सो कार्यक्रममा उद्योगले उत्पादन गरेको विभिन्न पाइप, प्लास्टिक, डन्डी, फिटिङ सामाग्री र ती सामाग्रीहरुको गुणस्तरीयताबारे छलफल गरिएको थियो ।

प्रकाशित: १८ चैत्र २०७४, आईतवार