प्रि-बुकिङ गरेका ग्राहकहरुले पाए ग्यालेक्सी एस९ तथा एस९ प्लस, रिटेल बिक्री पनि सुरु

Technology Khabar १३ चैत्र २०७४, मंगलवार

प्रि-बुकिङ गरेका ग्राहकहरुले पाए ग्यालेक्सी एस९ तथा एस९ प्लस, रिटेल बिक्री पनि सुरु

काठमाडौं, १३ चैत । सामसङले मार्च २३ देखि काठमाडौंमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लसको वितरण सुरु गरेको छ ।

मोबाइल शाखाका प्रमुख प्रणय रत्न स्थापितको उपस्थितिमा एस नाइन तथा एस नाइन प्लसको अनावरण सामसङको मुहारको रुपमा रहेकी ज्योत्सना योगीद्वारा गरिएको थियो ।

‘मैले पछिल्ला केही दिनदेखि ग्यालेक्सी एस नाइनको प्रयोग गरिरहेकी छु र असाध्यै खुसी छु । ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस एक सुन्दर स्मार्टफोन हो जुन मेरो व्यक्तित्वसँग मेल खान्छ र मलाई एक फरक पहिचान दिएको छ । मलाई यसको क्यामेरा, एआर ईमोजी र सुपर स्लो–मो फिचर निकै मन परेको छ,’ ज्योत्सना योगीले भनिन् ।

ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लसमा डवल एपर्रचर लेन्सको विशेषता सहित क्यामरा निर्माण गरिएको छ।

‘ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस एक छुट्टै श्रेणीका स्मार्टफोनहरू हुन् । पुनः परिमार्जित गरिएको क्यामेरासँग अब ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू कुनै स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउनुहुनेछ । सुपर स्लो–मो र एआर ईमोजी जस्ता विशेषताहरूसँग उपभोक्ताहरूले आफूलाई एक नौलो एवं व्यक्तिगत ढंगले प्रस्तुत गर्न सक्नेछन्,’ सामसङ मोबाइल फोनका प्रमुख प्रणय रत्न स्थापितले भने ।

फाइल

ग्यालक्सी एस नाइन तथा एस नाइन प्लस क्रमशः १ लाख ४ हजार ९ सय रुपैयाँ र ९२ हजार ९ सय रुपैयाँमा उपलब्ध छन् । प्रयोगकर्ताहरूले ५ हजार रुपैयाँको क्यासब्याक प्राप्त गरी सो फोन प्रभावकारी मूल्य ९९ हजार ९ सय र ८७ हजार ९ सय रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङहरूमा यस नयाँ मोडल उपलब्ध छन् ।

सामसङले १२ हप्ताको लागि १२ हजार जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसँग साझेदारी गरेको छ । शिखर बीमाको सहयोगमा सामसङले आफ्ना ग्राहकहरुलाई एक वर्षे बीमा पनि प्रदान गर्दछ ।

साथै एस नाइन तथा एस नाइन प्लस सजिलो ईएमआईमा उपलब्ध गराउन सामसङले ग्लोबल आई एम ई, नबिल, नेपाल इन्भेस्टमेन्ट बैँक, लक्ष्मी बैँक, मेगा बैँक र कुमारी बैँक जस्ता विभिन्न बैँकहरूसँग साझेदारी गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १३ चैत्र २०७४, मंगलवार

Comments are closed.

Loading...