मोडिने डिस्प्लेसहितको आइफोन बनाउँदै एप्पल, खोल्ने बित्तिकै दोब्बर साइज हुने

Technology Khabar १२ चैत्र २०७४, सोमबार

मोडिने डिस्प्लेसहितको आइफोन बनाउँदै एप्पल, खोल्ने बित्तिकै दोब्बर साइज हुने
प्रतिकात्मक तस्विर
NTC_Advt

काठमाडौं ।

काठमाडौं, १२ चैत । टेक कम्पनी एप्पलले मोडिने डिस्प्ले भएको स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले फोल्डेबल स्मार्टफोनको क्षेत्रमा काम गरिरहेको भएपनि यो बजारमा आउन भने अझै समय लाग्नेछ ।

यसअघि दक्षिण कोरियाली इलेक्ट्रोनिक कम्पनी सामसंगले आफ्नो फोल्डेबल स्मार्टफोन बनाईरहेको र छिटै बजारमा ल्याउने जानकारीहरु बाहिर आएको बेलामा एप्पलले पनि यस्तो स्मार्टफोन बनाउने कार्य शुरु गरेको हो ।

एप्पलले फोल्डेबल आइफोन बनाईरहेको भएपनि सन् २०२० मा मात्र बजारमा पेश गर्न सक्ने बताईएको छ । बैंक अफ अमेरिका मेरिल लिंचको विश्लेषककाअनुसार मोहनकाअनुसार एप्पलले पनि फोल्डेबल आइफोनको क्षेत्रमा काम गरिरहेको छ । यसको लागि कम्पनीले एशियाली पार्टनर कम्पनीहरुसँग सहकार्य गरिरहेको बताईएको छ ।

एप्पलले बनाउने फोल्डेबल आइफोनलाई आईप्याडको रुपमा समेत प्रयोग गर्न सकिने बताईएको छ । यो आइफोन खोल्ने बित्तिकै ट्याबलेटको जस्तो हुनेछ र यसको साइज दोब्बर हुनेछ ।

यसअघि एप्पलले भविश्यमा फोल्डेबल आइफोन बनाउनका लागि एलजीका साथमा काम गरिरहेको रिपोर्ट आएको थियो भने कम्पनीले फोल्डेबल फोनको लागि पेटेन्टको आवेदन पनि दिएको थियो ।

सामसंगले पनि फोल्डेबल फोन बनाईरहेको विभिन्न रिपोर्टहरु आईरहेका छन जून आगामी वर्षभित्र नै बजारमा आईसक्ने अनुमान गरिएको छ । सामसंगको फोल्डेबल फोनलाई ग्यालेक्सी एक्स नामाकरण गरिएको छ ।

प्रकाशित: १२ चैत्र २०७४, सोमबार