ह्वावे वाई९ को प्रि-बुकिङ्ग शुरु, फोटोका लागि रियर र फ्रन्टमा ड्यूल क्यामरा

Technology Khabar १२ चैत्र २०७४, सोमबार

ह्वावे वाई९ को प्रि-बुकिङ्ग शुरु, फोटोका लागि रियर र फ्रन्टमा ड्यूल क्यामरा

काठमाडौं, १२ चैत । ह्वावे अप्रिल महिनामा नेपाली बजारमा अर्को एउटा क्वाड क्यामरा भएको मिड–रेन्जको फोन ह्वावे वाई ९ (Huawei Y9) लन्च गर्ने भएको छ ।

ह्वावे वाई ९ मा उत्कृष्ट फोटोग्राफिको विशेषता भएको १३ मेगापिक्सेल र २ मेगापिक्सेलको डुअल रियर क्यामरा छन् र दुवै लेन्सहरुमा एफ/२.० को एपेचर छन् । अहिलेको ग्राहकको रुचि र आवश्यकतालाई पूरा गर्नको लागि ह्वावे वाई ९ मा १६ मेगापिक्सेल र २ मेगापिक्सेलको दुई वटा फ्रन्ट क्यामराहरुको साथ दुवै लेन्सहरुमा एफ/२.० को एपेचर र टोनिङ् फ्ल्यास रहेको कम्पनीले जानकारी दिएको छ ।

ह्वावे वाई ९ मा दूवै रिअर एवं ब्याक क्यामरामा ब्यूटी र पोट्रेड मोड तथा ब्याक क्यामरामा बोके इफेक्ट, मुभिङ् फोटो र एआर लेन्सहरु छन्, जसमा फन् फिल्टर र ड्रेस अप सेल्फीका साथै ह्याण्ड र भ्वाइस् जेस्चर मोड जस्ता अत्याधुनिक बुद्धिमानी क्यामरा फिचरहरु छन् ।

ह्वावेको यो मोडलमा स्मार्ट फेस रेकग्नीशनको फिचर छ, जुन मानव अनुहारको गहिरो अनुसन्धानबाट विकसित गरिएको हो, जसले गर्दा यो फोनले मानिसको लिङ्ग र त्वचाको टोन पहिचान गरी हरेक विषयलाई फोटामा उत्कृष्ट देखाउनमा मद्दत गर्ने कम्पनीको दाबी छ ।

नोभा २ आईमा जस्तै वाई ९ मा पनि १८ः९ आस्पेक्टको फुलभ्यू डिस्प्ले छ, जसले स्प्लीट स्क्रीनको विशेषताको मजा लिनको लागि १२.५ प्रतिशत बढी स्थान दिई तपाईंलाई दुई वटा एप्लिकेशन एकै साथ चलाउन मद्दत गर्छ । वाई ९ मा २५६ जीबी थप गर्नमिल्ने स्टोरेजको साथ २ जीबीको र्याम र ३२ जीबीको आन्तरिक स्टोरेजका साथै नवीनतम् ईएमयूआई ८.० अपरेटिङ सिस्टम छ ।

यसका साथै यो फोनमा न्याभिगेशन डक पनि थपिएको छ, जसले गर्दा ठूलो स्क्रीनको लागि राम्रो सहायता मिल्दछ ।

फोनमा ४,००० एमएएच ब्याट्री राखिएको छ भने ट्रिपल स्लट डुअल सिम फिचरका साथ मेमोरी कार्डको लागि पनि छुट्टै स्लट पनि छ ।

ह्वावे वाई नाइनको अग्रीम–बुकिङ ३१ मार्चसम्म खुल्ला छ र अग्रीम–बुकिङ गर्नेले ह्वावे ए१ फिटनेस ब्याण्ड पाउने जानकारी कम्पनीले दिएको छ । ग्राहकले अग्रीम–बुकिङ गर्नको लागि ३ हजार रुपैयाँ जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

बजार मूल्य २५ हजार ९ सय रुपैयाँ तोकिएको ह्वावे वाई ९ स्मार्टफोन अप्रिलको पहिलो हप्तामा बजारमा भित्रिने छ ।

प्रकाशित: १२ चैत्र २०७४, सोमबार

Comments are closed.

Loading...