नक्कली वेबसाइट बनाएर डाटा चोरी हुनसक्छ- सूचना प्रविधि विज्ञ

Technology Khabar ११ चैत्र २०७४, आईतवार

नक्कली वेबसाइट बनाएर डाटा चोरी हुनसक्छ- सूचना प्रविधि विज्ञ
Classic Tech
Nepal Telecom

काठमाडौं, ११ चैत । इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालले साइबर सुरक्षा र साइबर सुरक्षामा रहेको अवसरको बारेमा एक कार्यक्रमको आयोजना गरेको छ ।

लावा नेपालको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा पछिल्ला दिनहरुमा बढिरहेको साइबर चुनौतीलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा बीमा समितीका सूचना प्रविधि विभाग प्रमुख मिलन राज नेपालीले वर्तमान समयमा व्यक्तिगत डाटाको चोरी बढ्दो क्रममा रहेको हुँदा हरेक वेवसाइट हेर्दा ध्यान दिनुपर्ने बताए । उनले नक्कली वेबसाइट बनाएर समेत डाटा चोरी हुने गरेको जानकारी दिँदै प्रयोगकर्ताहरु सामान्य चनाखो भएमा मात्र पनि सुरक्षित हुन सकिने स्पष्ट पारे ।

‘अहिले व्यक्तिगत डाटा चोरी गरेर ह्याकरहरुले बेच्ने गरेको हुँदा सामाजिक संजालमा भएका र इन्टरनेटमा आधारित व्यक्तिगत डाटा सुरक्षित बनाउन प्रयोगकर्ता आफैं सचेत हुनुपर्दछ,’ बीमा समितीका सूचना प्रविधि विभाग प्रमुख नेपालीले भने ।

कार्यक्रममा इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष चिरन्जिबी अधिकारीले साइबर सुरक्षा र सचेतना संस्थाको प्रमुख कार्य भएको हुँदा यस्ता कार्यक्रमहरुले सम्बन्धि प्रयोगकर्ता, सूचना प्रविधिका विद्यार्थीलगायतका सहयोगी हुने बताए ।

संस्थाले भविश्यमा नेपालीहरुलाई साइबर सुरक्षा र यसको सुरक्षित प्रयोगको बारेमा विभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिएको छ ।

लाभा नेपालले साइबर सेक्यूरिटीको ग्लोबल सर्टिफिकेसनसँग सम्बन्धित कोर्षहरु विगत ८ वर्षदेखि नेपालमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

बीमा समितीका सूचना प्रविधि विभाग प्रमुख मिलन राज नेपालीले दिएको जनचेतनामुलक प्रस्तुतीको केहि अंश भिडीयोमा-

TK Viber

प्रकाशित: ११ चैत्र २०७४, आईतवार

Loading...