कर्णाली प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध

Technology Khabar ११ चैत्र २०७४, आईतवार

कर्णाली प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध

काठमाडौं ।

काठमाडौं, ११ चैत । कर्णाली प्रदेशको भेरी नगरपालिकाले फेसबुक प्रतिवन्धको घोषणा गरेको छ ।

प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फेसबुकमा प्रतिवन्ध लगाउने घोषणा गरेको पर्सिपल्टदेखि नै सो नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको हो ।

शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीलार्इ उदृत गर्दै समाचार अाएकाे हाे ।

सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।

यसैबीच कर्णाली प्रदेश सरकारले पनि मंगलवारदेखि सम्पूर्ण मन्त्रालयहरुमा फेसबुक प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । प्रदेशका सरकारी कार्यालयमा कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउने तयारीअनुसार पहिलो चरणमा प्रदेशका मन्त्रालयहरुमा प्रतिबन्ध गरिने बताईएको छ ।

त्यसपछि क्रमश प्रदेशका सबै कार्यालयहरुमा फेसबुक प्रयोगमा प्रतिबन्ध लगाईने भएको हो ।

सो प्रदेशमा सरकारी कार्यालयभित्र कार्यालय समयमा मात्र फेसबुक संचालनमा प्रतिबन्ध गर्न लागिएको हो ।

यसअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रदेश मुख्यमन्त्री शाहीले फेसबुक प्रयोगमा प्रतिवन्ध लगाउने घोषणा गरेका थिए ।

easy care

प्रकाशित: ११ चैत्र २०७४, आईतवार