ओपो ए७१ (२०१८) नेपाली बजारमा, २ सय बढी अनुहार चिन्ने एआई ब्यूटी प्रविधि

Technology Khabar ९ चैत्र २०७४, शुक्रबार

ओपो ए७१ (२०१८) नेपाली बजारमा, २ सय बढी अनुहार चिन्ने एआई ब्यूटी प्रविधि

काठमाडौं ।

काठमाडौं, ९ चैत । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन ए७१ (२०१८) (Oppo A71(2018) सार्वजनिक गरेको छ । ओपोको नयाँ उत्पादन ए७१ (२०१८)मा परिस्कृत एआई ब्यूटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्र्यागन ४५० प्रोसेसर राखिएको छ ।

फोनको फ्रण्ट क्यामेरामा ओपोको पृथक सेल्फी प्रविधि उपलब्ध गरिएको यो फोनमा यूवा पुस्तालाई प्रत्यक्ष आकर्षित गर्ने सोचका साथ कम्पनीले आकर्षक स्लिम मेटालिक यूनीबडी डिजाइन अपनाइएको छ । ओपो ए७१ (२०१८) सुनौलो र कालो गरी दूई भिन्न रंगमा उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।

‘हामीले ए सिरिज अन्तर्गत नयाँ मोडल, अत्याधुनिक सेल्फी प्रविधि र आकर्षक डिजाइनमा सार्वजनिक गरेका छौँ । नयाँ फोन मार्फत आफ्ना उपभोक्ताका माग तथा आवश्यकताको सक्दो सम्बोधन गर्नु हाम्रो लक्ष्य हो । नयाँ फोन मार्फत हामी यस कार्यमा सदाझैँ सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ,’ ए७१ (२०१८)का सार्वजनिक गर्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

यस्ता छन विशेषताहरु

एआई ब्यूटी प्रविधि

ओपो ए७१ (२०१८)मा विशेष ओपोकै लागि निर्मित २ सय भन्दा बढी अनुहारका विशेषताको पहिचान गर्न सक्षम एआई ब्यूटी फंग्सन समाहित गरिएको छ । यसका कारण फोनले अनुहारको पहिचान र ब्यूटी रिटचिङको कार्य थप सटिकतापूर्ण तरिकाले गर्न सक्छ । साथै, ईमेज डाटाबेस र आफैँ सिक्ने क्षमताका कारण यो फञ्सनले विभिन्न छालाका किसिम, रंग, उमेर र लिंगको पहिचान गरी आवश्यकता अनुसार ब्यक्तिगत तवरमा तस्विर परिमार्जनमा सघाउँछ । फोनमै समाहित गरिएको यो फञ्सनका कारण अब प्रयोगकर्ताले तेस्रो पक्षबाट उपलब्ध हुने ब्यूटीफिकेशन ईफेक्ट लगायत आफ्नो फोनमा ईन्ष्टल गरी रहनु नपर्ने कम्पनीको भनाई छ ।

सरल परिचालन, अनुभव र उत्कृष्ट प्रदर्शनी

नयाँ फोनले सहज परिचालनका लागि तिब्र गतिमा कार्य सम्पादन गर्नुका साथै उर्जा खपतमा समेत न्यूनिकरण ल्याउन सघाउँछ । १.८ जीएचजेडमा क्ल्क्ड गरिएका ६४ बिट प्रोशेसिंग कोर सहितको नविनतम स्न्यापड्र्यागन ४५० प्रोशेसर जडान गरिएको छ । यसले गर्दा फोनमा एकै पटकमा धेरै एप सञ्चालन गर्न सघाव पुग्नुका साथै एप विचमा स्विच गर्नपनि सहजता मिल्छ । एप खोल्ने कार्यमा फोनको औशत गति १२ दशमलव ५ प्रतिशत तिब्र (नुमना परिक्षणमा ) रहेको छ । फोनमा ३ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । यो ब्याट्री कम समयमा चार्ज हुनुका साथै एकै चार्ज मार्फत १ वा बढी दिन सम्म सहजै चलाउन सकिने बताईएको छ ।

क्यामेरा

नयाँ फोनमा सेल्फीलाई थप प्राकृतिक र वास्तविक देखाउने सोचका साथ १ दशमलव ४ यूएम पिक्सेल र स्मार्ट अर्थमेटिक अप्टिमाइजेसन सहित ५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ । त्यसैगरी, कम प्रकाश भएका स्थानमा समेत फोटोमा न्वाइज न्यूनिकरण तथा स्पष्ट तस्विर खिच्नका लागि मल्टि–फ्रेम डिनोइजिंग प्रविधि सहित १३ मेगापिक्सेल क्षमता सहितको रियर क्यामेरापनि उपलब्ध गरिएको छ ।

कम्पनीले फोनमा अल्ट्रा एचडी फिचरपनि उपलब्ध गराएको छ । यसले मल्टिबस्र्ट फोटोलाई एउटै बनाएर १३ मेगापिक्सेल क्यामेराबाट खिचिएको फोटोलाई ३२ एमपीको एफेक्ट दिने क्षमता राख्छ ।

स्ट्रिमलाइन डिजाइन अवधारणा

डिजाइनको कुरा गर्दा ए७१ (२०१८)मा स्लिक यनिबडी डिजाइनमा ५ दशमलव २ ईञ्चको एचडी स्क्रिन जडान गरिएको छ । यसले फोनलाई निकै आकर्षक र प्रिमियम लुक्स प्रदान गर्नुका साथै बोक्दा समेत आरामदायी अनुभव प्रदान गर्छ ।

कलर ओएस ३.२मा आधारित एण्ड्रोइड ७.१

२ जीबी र्याम र १६ जीबी आन्तरिक स्टोरेजसहितको कलर ओएस ३.२ले नयाँ मोबाइलमार्फत तिब्र गतिमा ट्रान्सफर सुविधा, सुरक्षा फिचर्स र सटिक फञ्सनको नयाँ मज्जा उपलब्ध गराउँछ । साथै, फोनमा उपलब्ध स्प्लिट स्क्रिन फिचरले मल्टिटास्किङ, गेम एक्सिलिरेसन, नाइट सिल्ड लगायत सुविधापनि उपलब्ध छन् ।

सो फोनको मूल्य १५ हजार ९ सय ९० तोकिएको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ९ चैत्र २०७४, शुक्रबार

ताजा समाचार