यसो भनिन नागरिकताधारी रोबोट सोफियाले प्रविधि प्रयोगको बारेमा

Technology Khabar ७ चैत्र २०७४, बुधबार

यसो भनिन नागरिकताधारी रोबोट सोफियाले प्रविधि प्रयोगको बारेमा

काठमाडौं ।

काठमाडौँ, ७ चैत । विश्वको पहिलो नागरिकताधारी रोबोट सोफियाले नेपाल जस्तो मुलुकको विकासमा रोबोट वा अन्य आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट विभिन्न कार्य गर्न सकिने बताएकी छिन् ।

विश्वको पहिलो महिला रोबोट सोफियाले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडिपीले आयोजना गरेको सार्वजनिक सेवाहरु र विकासका लागि प्रविधि विषयक कार्यक्रममा विभिन्न रोगहरुको उपचार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, भ्रष्टचार अन्त्य गर्न, लैंगिक असमानता हटाउने लगायतका कार्यमा सहयोग गर्ने बताएकी हुन् ।

उनले सो कार्यक्रममा सार्वजनिक मन्तव्य दिँदै रोबोट र आर्टिफिसियल इन्टेलिजेन्सले मानिसको जीवन सहज बनाउन सकिने धारणा राखेकी थिईन् ।

सोफियाले यूएनडीपीका नेपाल प्रमुख रेनोड मेयेरले सोधेका प्रश्नहरुको जवाफ समेत दिएकी थिईन् ।

सो कार्यक्रममा विभिन्न विषयमा भएका प्रविधिहरुको विकासको बारेमा विज्ञहरुले आफ्नो धारणा राखेका थिए भने संघ संस्थाहरुले आफूले विकास गरेका नयाँ प्रविधिहरु प्रदर्शनमा राखेका थिए ।

easy care

प्रकाशित: ७ चैत्र २०७४, बुधबार