गोल्डस्टारको सातौं फ्रेन्चाइजी सोरुम नयाँ बानेश्वरमा

Technology Khabar ७ चैत्र २०७४, बुधबार

गोल्डस्टारको सातौं फ्रेन्चाइजी सोरुम नयाँ बानेश्वरमा

काठमाडौं ।

काठमाडौँ, ७ चैत्र । नेपालको लोकप्रिय जुत्ता गोल्डस्टारको निर्माता, वितरक, तथा बजार व्यवस्थापक कम्पनि किरण सु म्यानुफ्याक्चरर्सले आफ्नो सातौ सोरुम नयाँबानेश्वरमा खोलेको छ ।

नेप्का ट्रेडर्स, नयाँबानेश्वर गोल्डस्टार जुत्ताका आधिकारिक फ्रेन्चाइजी सोरुम हो । ग्राहकहरुको सुविधालाई ध्यानमा राखी गोल्डस्टारले पहिले सिभिल मल, जमल, पुरानो बानेश्वर, कालिमाटी, गाबाहल र हेटौडा गर्दै यो सातौ सोरुम नयाँबानेश्वरमा खोलेको हो । निकट भविष्यमा नै कम्पनिले लगनखेल, बिर्तामोड, पोखरा र दाङमा नयाँ सोरुम बिस्तार गर्ने जनाएको छ ।

‘नेपाल अधिराज्यभरका प्रमुख शहर लगायत अन्य सहरउन्मुख क्षेत्रहरुमा ५० भन्दा बढी सोरुम बिस्तार गर्ने लक्ष्य भएको हुँदा इच्छुक व्यवसायी/महानुभावहरुले कम्पनिमा सम्पर्क गरी सो सम्बन्धी जानकारी लिन सक्नुहुनेछ,‘ किरण सु म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाले भनिन् ।

easy care

प्रकाशित: ७ चैत्र २०७४, बुधबार