इसेटको नयाँ एन्टिभाइरस बजारमा, र्यान्सम वेयर, मालवेयर अट्याक र साइबर थ्रेटबाट बचाउने

Technology Khabar ७ चैत्र २०७४, बुधबार

इसेटको नयाँ एन्टिभाइरस बजारमा, र्यान्सम वेयर, मालवेयर अट्याक र साइबर थ्रेटबाट बचाउने

काठमाडौं, ७ चैत । एन्टिभाइरस ब्राण्ड इसेटले (eset) इन्टरनेट प्रोटेक्सन २०१८ सहितको नयाँ एन्टिभाइरस सार्वजनिक गरेको छ । इसेटले बुधवार एक कार्यक्रमकाबीच इन्टरनेट प्रोटेक्सन २०१८ सहितको इनह्यान्स्ड कन्जुमर प्रडक्ट पोर्टफोलियो सार्वजनिक गरेको हो ।

नयाँ उत्पादनले र्यान्समवेयर, मालवेयर अट्याक, र साइबर थ्रेटहरुमा वृद्धि भईरहेको अवस्थामा प्रयोगकर्ताहरुलाई उच्च स्तरीय इन्टरनेट सेक्युरिटी दिने जानकारी दिईयो ।

इसेटले नेपाली बजारमा इसेट नड३२ एन्टिभाइरस(eset NOD32), इसेट इन्टरनेट सेक्यूरिटी(eset internet security), इसेट मल्टि डिभाइस सेक्यूरिटी(eset multi device security) र इसेट स्मार्ट सेक्यूरिटी प्रिमियम(eset smart security premium) उपलब्ध गराएको हो ।

कम्पनीले नेपालमा सिंगर युजर र थ्री युजरको लागि म्याक, लिनक्स र विण्डोज अपरेटिंङ सिस्टममा प्रयोग गर्न सकिने गरि एन्टिभाइरस ल्याएको नेपालमा इसेटको क्लाउडिलिंक सेक्युरिटीका प्रबन्ध निर्देशक राहुल लाल श्रेष्ठले बताए ।

कम्पनीले गुगल क्रोमसँग समेत इन्टरनेट सुरक्षाको लागि सहकार्य गरिरहेको जानकारी दिएको छ । कम्पनीले उत्पादन सार्वजनिक गरेको अवसर पारेर आफ्ना सेक्युरिटी उत्पादनहरुमा छुट दिएको जनाएको छ ।

कम्पनीले इसेट नड३२ एन्टिभाइरसको १ डिभाइस प्रयोगको मूल्य ४५० रुपैयाँ र ३ डिभाइस प्रयोगको मूल्य ९ सय रुपैयाँ तोकेको छ । त्यस्तै इसेट इन्टरनेट सेक्यूरिटीको १ डिभाइसको मूल्य ९ सय रुपैयाँ तथा ३ डिभाइसको मूल्य १८ सय रुपैयाँ तोकेको छ ।

इसेट मल्टि डिभाइस सेक्यूरिटी १ डिभाइसको मूल्य १ हजार, ३ डिभाइसको मूल्य ९ सय तथा ५ डिभाइसको मूल्य ३ हजार रुपैयाँ रहेको छ । कम्पनीले इसेट स्मार्ट सेक्यूरिटी प्रिमियमको १ डिभाइसको मूल्य २ हजार, ३ डिभाइसको मूल्य २७ सय ५० तथा ५ डिभाइसको मूल्य ३२ सय ५० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: ७ चैत्र २०७४, बुधबार

Comments are closed.

Loading...