अपाङ्गता भएको व्यक्तिलाई सूचना प्रविधिमा सहयोग गर्न ‘प्रि ह्याकथन’

Technology Khabar ६ चैत्र २०७४, मंगलवार

अपाङ्गता भएको व्यक्तिलाई सूचना प्रविधिमा सहयोग गर्न ‘प्रि ह्याकथन’
NTC_Advt

काठमाडौं ।

काठमाडौं, ६ चैत । अपाङ्गता भएको व्यक्तिकालागि समावेशी सूचना प्रविधि सफ्टवेयर तथा मोबाईल एप निमार्ण गर्न ‘प्रि ह्याकथन’ प्रतिष्पर्धा कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाली परिवेश र आवश्यकता अनुसार अपांगता भएको व्यक्तिकोलागि पहुँच योग्य सूचना प्रविधि औजार विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमको पहिलो दिन सूचना प्रविधि तथा अपांगता सम्बन्धी राष्टिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुले अपाङ्ग भएका व्यक्तिहरुका लागि सहज पहुँच र समावेश आइसिटीको क्षेत्रमा भएका अभ्यास र अनुभवबारे प्रतिष्पर्धी हरुलाई जानकारी दिएका थिए ।

यस अघि शुक्रबार तथा शनिबार ( चैत्र २ र ३) काठमाण्डौंमा सम्पन्न अपांगता तथा पोलिसी वर्कसपबाट पहिचान गरिएको समस्यालाई समेत आधार मानी प्रतिष्पर्धीहरुले अंतिम ‘ह्याकथन’ प्रतियोगिताको तयारी गर्नेछन् ।

सो ‘प्रि ह्याकथन’ प्रतियोगिताामा बोल्दै श्रीलंका स्थित पोलिसी थिंक ट्यांक लर्न एसियाका संस्थापक अध्यक्ष रोहन समरजिवाले कार्यक्रमको आवश्यकताबारे बोल्दै सूचना प्रविधिमा अपाङ्ग व्यक्तिहरुको पहुँच र समावेशिताको लागि सम्बन्धित सरोकारवालाको सहभागितामा विकास गरिएको प्रविधिले मात्र समस्याको समाधानमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष विक्रम श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासंघका पुर्वअध्यक्ष डा. विरेन्द्रराज पोखरेल, भारतस्थित पब्लिसिस संस्थाका दिनेश कौशल, ग्लोबल इनिसिएटिभ फर इन्क्लुसिभ आइसिटि की कार्यक्रम निर्देशक निर्मिता नरसिंह, म्यानमार स्थित आइसिटी फर डी की अभियन्ता ताई ताई लगायतले अपांगता र सूचना प्रविधिको प्रयोगको बारेमा संभाव्यता र अवसरको बारेमा आफ्ना अनुभव तथा अनुसन्धान प्रस्तुत गरेका थिए ।

नेपालका सूचना प्रविधि सम्बन्धी १० वटा क्याम्पसका विद्यार्थीहरुको १० वटा अलग अलग टिमले फरक फरक विषयवस्तु प्रस्तुत गरेका थिए ।

आइडियामा आधारित रहेर विज्ञहरुले आफ्ना सुझाव दिएका थिए । अपाङ्गगता भएका व्यक्तिहरुलाई सरल र सहज पहुँच र समावेशी आइसिटीका लागि मोबाइल सोलुसन्स, ट्रयाकिङ सिस्टम, इन्टरनेट अफ थिङ्गस, एआई सोलुसन्स लगायत फरक फरक आइडिया विद्यार्थीहरुबाट प्रस्तुत भएको थियो ।

प्रस्तुत भएका विषयवस्तुमा आधारित रहि थप खोज र अनुसन्धान गरी आगामी वैशाख १५ र १६ गते अंतिम ह्याकथन हुने जनाइएको छ ।

प्रकाशित: ६ चैत्र २०७४, मंगलवार