साइबर सुरक्षा र चुनौती विषयमा छलफल हुँदै

Technology Khabar ६ चैत्र २०७४, मंगलवार

साइबर सुरक्षा र चुनौती विषयमा छलफल हुँदै
Classic Tech

काठमाडौं ६ चैत । इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) र लावा प्रालिको सहकार्यमा एक दिने ‘साइबर सेक्युरिटी सेमिनार र क्यारियर काउन्सिलिङ इन साइबर सेक्युरिटी’ हुने भएको छ ।

यही चैत १० गते शनिबार हुने सो सेमिनारको रिसोर्स पर्सनहरुमा बीमा समितिका आइटी प्रमुख मिलनराज नेपाली र पेनटेस्ट्रर नेपालका रिसोर्स पर्सन अवर्तन ढकाल रहने छन् ।

उनले अहिलेका साइबर सुरक्षा र चुनौती विषयमा आफ्नो रिसर्च पेपर प्रस्तुत गर्नुहुने आयोजक संस्थाले जानकारी दिएको छ । सो सेमिनारमा विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी हुने छन् । सेमिनारमा निःशुल्क सहभागिता जनाउन सकिने छ । सो सेमिनारमा पेनटेस्ट्रर नेपाल र  OWASP Nepal को समेत सहयोग रहेको छ ।

प्रकाशित: ६ चैत्र २०७४, मंगलवार

Comments are closed.

Loading...