एभरेष्ट बैंकको बिराटनगर शाखाको नवर्निमित भवन उद्घाटन

Technology Khabar ६ चैत्र २०७४, मंगलवार

एभरेष्ट बैंकको बिराटनगर शाखाको नवर्निमित भवन उद्घाटन

काठमाडौं ।

काठमाडौं, ६ चैत । एभरेष्ट बैंकको बिराटनगर शाखाको नवर्निमित भवनको उदघाटन प्रदेश नं १ का माननिय मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।

बिराटनगरमा भएको सो समुद्घाटन कार्यक्रममा प्रदेश नं १ का गृह तथा कानुन मन्त्री माननिय हिक्मत कुमार कार्की, अर्थ तथा योजना मन्त्री माननिय इन्द्र बहादुर आङबो, बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय वाणिज्य संघका पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

easy care

प्रकाशित: ६ चैत्र २०७४, मंगलवार