ओपो ए७१को २०१८ संस्करण बजारमा आउँदै, क्यामेरामा कोर सेल्फी प्रविधि

Technology Khabar ४ चैत्र २०७४, आईतवार

ओपो ए७१को २०१८ संस्करण बजारमा आउँदै, क्यामेरामा कोर सेल्फी प्रविधि
NTC_Advt

काठमाडौं, ४ चैत । ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन थप गर्ने तयारी गरेको छ । ओपोले चाँडै नै नेपाली बजारमा ओपो ए७१(२०१८) Oppo A71(2018) सार्वजनिक गर्ने घोषणा गरेको हो ।

परिस्कृत एआई ब्यूटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्र्यागन ४५० प्रोसेसरसहितको ए७१(२०१८)को फ्रण्ट क्यामेरामा ओपोको कोर सेल्फी प्रविधि उपलब्ध गराईएको छ । साथै, फोनमा अपनाइएको स्लिम मेटालिक यूनिबडी डिजाइनले यूवावर्गलाई आफुतिर आकर्षित गर्ने निश्चित छ ।

नेपालमा ओपो ए७१को पहिलो संस्करण अक्टाकोर प्रोसेसरका साथै ३जीबी र्याम र ३ हजार एमएएच ब्याट्री सहित सेप्टेम्बर २०१७मा सार्वजनिक गरिएको थियो ।

सो फोन नेपालको मिड रेञ्ज्ड स्मार्टफोन बजारमा लोकप्रिय प्रमाणित भएको कम्पनीको दाबी छ । सोही समयदेखि उपभोक्ताद्वारा फोनका थप भेरियण्टको माग हुँदै आइरहेको र सोहि मागको सम्बोधन गर्दै यही मार्च महिना भित्रै ए७१(२०१८) सार्वजनिक गर्ने घोषणा गरेको हो ।

कम्पनीले नयाँ फोन सुनौलो र कालो गरी दूई रंगमा सार्वजनिक हुने जानकारी दिएको छ ।

‘नेपाली बजारमा चाँडै नै अत्याधुनिक सेल्फी प्रविधि र आकर्षक डिजाइन सहितको ए७१ (२०१८) सार्वजनिक गर्ने हाम्रो तयारी रहेको छ । नयाँ फोनले हाम्रा उपभोक्ताको माग तथा आवश्यकताको समग्र सम्बोधन गर्ने कुरामा हामी विश्वस्त छौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

ओपोको नयाँ मोडलले सहज मल्टिटास्किङ तथा एक एप्सबाट अर्कोमा स्विच गर्न सहजता तथा तिब्र कार्य सम्पादन क्षमता उपलब्ध गराउँछ । यसले गर्दा फोटो लिने, भिडियो हेर्ने तथा गेम्स खेल्ने लगायत कार्य सहजताका साथ गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: ४ चैत्र २०७४, आईतवार