स्मार्टफोन चार्ज गर्दै हुनुहुन्छ, त्यसो भए यी उपायहरुमा ध्यान दिनुस्

Technology Khabar २ चैत्र २०७४, शुक्रबार

स्मार्टफोन चार्ज गर्दै हुनुहुन्छ, त्यसो भए यी उपायहरुमा ध्यान दिनुस्

काठमाडौं ।

काठमाडौं, २ चैत । पछिल्ला दिनहरुमा विभिन्न कम्पनीहरुले नयाँ नयाँ स्मार्टफोनहरु सार्वजनिक गरिरहेका छन भने ती स्मार्टफोनहरुका लागि नयाँ नयाँ चार्जिङ्ग प्रविधिहरु पनि आईरहेका छन् । कम्पनीहरुले ल्याउने फोनको अपडेटेड भर्सनका साथमा यसको ब्याट्री क्षमता पनि सुधार हुँदै गएको छ तर पनि स्मार्टफोनमा छिटो चार्ज सकिने समस्या अधिकांशले भोगिरहेका हुन्छन् ।

नयाँ प्रविधिको साथमा स्मार्टफोन कम्पनीहरुले चार्जिङ्ग र चार्जरलाई सुरक्षित बनाईरहेपनि ब्याट्री पड्किने, चार्ज गर्दा स्मार्टफोनमा आगो लाग्ने वा अन्य विभिन्न किसिमका घट्नाहरु आउने गरेका छन् ।

तर ती घट्नाहरुलाई तपाईँ आफैंले रोक्न सक्नुहुन्छ र यसको लागि केहि विषयमा भने ध्यान दिनुपर्ने हुन्छ ।

यी विषयहरुमा ध्यान दिए ब्याट्री र चार्जिङ्गलाई सुरक्षित बनाउन सकिन्छ ।

सक्कली चार्जरको प्रयोग गर्नुहोस्

सबैभन्दा पहिले र मुख्य विषय भनेको स्मार्टफोन चार्ज गर्दा सक्कली चार्जरको प्रयोग मात्र गर्नुपर्दछ । कम्पनीले प्रत्येक स्मार्टफोनको लागि छुट्टै चार्जर उपलब्ध गराएको हुन्छ, सोहि चार्जर मात्र प्रयोग गर्ने गर्नुपर्दछ । हामी हेलचेक्र्याई गर्दै जुनसुकै चार्जरले पनि फोन चार्ज गर्ने गर्दछौं त्यसले तपाईँको ब्याट्री र स्मार्टफोन दुबैलाई असर पार्दछ । त्यसैले बजारमा उपलब्ध सस्ता चार्जर प्रयोग गर्नबाट बच्नुहोस् ।

प्रोटेक्टिव केस तथा सुरक्षा कभर निकाल्नुस

फोन चार्ज गर्दा हामीले यो विषयलाई कहिले पनि ध्यान दिएका हुँदैनौं । तर फोन चार्ज गरिरहेको बेला प्रोटेक्टिभ केस निकालेर मात्र चार्ज गर्नुहोस् । किनकी कभरसहित फोन चार्ज गर्दा ब्याट्री अधिक तात्ने र फोनमा समस्या आउन सक्दछ । अझ कहिले काँही ब्याट्री तातेर पड्किने संभावना पनि रहन्छ ।

रातभर चार्जमा फोन नराख्नुस्

हामीमध्ये अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरु दिनभर फोन प्रयोग गर्ने र रातभर चार्जका लागि फोनलाई छोडिदिने गर्दछौं । राती फोन कम प्रयोग हुने र फुलचार्ज गर्न सहज हुने भन्दै अधिकांशले यस्तो गर्दछौं, तर यो गलत हो । रातभर चार्ज हुँदा ब्याट्री ओभर चार्ज भएर फुट्ने वा पड्किएर आगलागी हुनसक्दछ । त्यस्तै यसले फोनको कार्यक्षमतालाई पनि घटाउँछ ।

फ्लाईट मोडमा चार्ज गर्नुहोस्

फोन चार्ज गर्दा सकचर फ्लाइट मोडमा गर्नुहोस् । अहिलेका सबैजसो स्मार्टफोनमा फ्लाईट मोड दिईएको हुन्छ, र त्यो एक्टिभेट गर्दा अन्य सबै एप्स बन्द हुन्छन र फोन एक्टिभ हुँदैन तर अन भने भईरहेको हुन्छ । जसले गर्दा तपाईँको फोन अन्य सामान्य समयमा भन्दा छिटो चार्ज हुन्छ ।

ब्याट्री सेभर मोड प्रयोग गर्नुहोस्

अहिलेका सबैजसो स्मार्टफोनमा ब्याट्री सेभर मोडको अप्शन राखिएको हुन्छ । यो मोड एक्टिभेट भएमा यसले फोनको ब्याट्रीलाई अनावश्यकरुपमा खर्च हुनबाट बचाउँछ । त्यस्तै फोन चार्ज गरिरहेको बेलामा ब्याट्री सेभर मोडलाई अन गर्नुहोस र कम समयमा नै फोनलाई चार्ज गर्नुहोस् ।

फोनलाई फुल चार्ज नगर्नुहोस्

हामीमध्ये अधिकांशको मान्यता स्मार्टफोनको ब्याट्री शतप्रतिशत चार्ज भएको हुनुपर्दछ भन्ने छ तर त्यो गलत हो । अधिकांश मानिसहरुले फोनको अधिकतम लिमिट १०० प्रतिशतसम्म चार्ज गर्दछन् । तर यस्तो गर्दा ब्याट्री छिटो खर्च हुन्छ भन्ने विभिन्न अध्ययन रिपोर्टहरुबाट प्रमाणित भईसकेको छ । यस्तोमा स्मार्टफोन चार्जगर्दा ८० प्रतिशतदेखि ९० प्रतिशतसम्मको हाराहारीमा ब्याट्री चार्ज गर्दा अधिक समयसम्म ब्याट्री टिक्ने र स्मार्टफोनको आयु बढ्ने बताईएको छ ।

पावर बैंकबाट चार्ज गर्दा फोनमा कुरा नगर्नुस्

अधिकांश समयमा मानिसहरु यात्रामा रहँदा पावरबैंकको प्रयोग गर्ने गर्दछन् । यस्तो बेलामा यूजरहरुले स्मार्टफोन पनि प्रयोग गरिरहेका हुन्छन् । तर त्यसले स्मार्टफोनको कार्य क्षमता र पावर बैंकको कार्य क्षमतामा कमी ल्याउँछ । एकातिर चार्ज भईरहेको हुन्छ भने अर्को तर्फ फोन प्रयोगबाट ब्याट्री खपत भईरहेको हुन्छ । त्यसैले पावर बैंकबाट फोन चार्ज गर्दा एक पटक आवश्यकताअनुसार पुरै चार्ज हुन दिनुहोस् र त्यसपछि मात्र फोन प्रयोग गर्नुहोस् ।

यदि तपाईँले माथि उल्लेखित विषयमा ध्यान दिनुभयो भने तपाईँले अन्य समयको तुलनामा तपाईँको फोन छिटो चार्ज भएको महशुस गर्नुहुनेछ भने फोन र ब्याट्री दुबैको कार्य क्षमता र आयु लम्बिनेछ । जसले गर्दा तपाईँको फोन वा ब्याट्री तात्ने वा पड्किने संभावना न्यून हुन्छ ।

easy care

प्रकाशित: २ चैत्र २०७४, शुक्रबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार