क्लास्सिक टेकको काठमाडौंमा ४ नयाँ शाखा संचालन

Technology Khabar १ चैत्र २०७४, बिहीबार

क्लास्सिक टेकको काठमाडौंमा ४ नयाँ शाखा संचालन
Classic Tech

काठमाडौं, १ चैत । ईन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदायक संस्था क्लास्सिक टेकले काठमाडौंका ४ नयाँ ठाउँहरुमा आफ्नो शाखा बिस्तार गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक निशा खरेलले फागुन ३० गते सम्पूर्ण शाखाहरुको उद्घाटन गरिन्। कम्पनीले भक्तपूरको गठ्ठाघर, ललितपुरको थसिखेल तथा काठमाडौंको किर्तिपुर, ट्याङ्लाफाँट र माछापोखरी, बालाजुमा एकै पटक शाखा विस्तार गरेको हो ।

यसअघि नै कम्पनीले २० शाखा स्थापना गरेर सेवा प्रदान गरिरहेको छ ।

छिटोभन्दा छिटो र भर्पर्दो सेवा उपलब्ध गराउने नै शाखा बिस्तारको मुख्य उद्देश्य रहेको कम्पनीको भनाइ छ । कम्पनीले रकम भुक्तान वा रिचार्जलाई सर्बसुलभ बनाउन विभिन्न अनलाइन भुक्तानी तथा अनलाइन बैंकिंग सेवाको लागि सहकार्य अगाढि बढाइ सकेको जानकारी दिएको छ भने भिजा, मास्टर कार्ड स्वाइप गरी भुक्तान गर्ने अप्सनको लागि पनि काम अघि बढेको पनि जानकारी दिएको छ ।

कम्पनीले नेपालको ७२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ । हाल २३ स्थानमा आफ्ना शाखा स्थापना गरिसकेको कम्पनीमा १ हजारभन्दा बढी दक्ष कर्मचारी आबद्ध छन् भने ४० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

TK Viber

प्रकाशित: १ चैत्र २०७४, बिहीबार

Loading...