ह्वावे नोभा टू आइ स्मार्टफोन नेपाली बजारमा ४ महिनामा ५० हजार युनिट बिक्री

Technology Khabar ३० फाल्गुन २०७४, बुधबार

ह्वावे नोभा टू आइ स्मार्टफोन नेपाली बजारमा ४ महिनामा ५० हजार युनिट बिक्री

काठमाडौं ।

काठमाडौं, ३० फागुन । ह्वावेको नोभा टूआई ले नोभेम्बर महिनामा लन्च भएदेखि नै धेरैको ध्यानाकर्षण गर्न सफल भएको थियो । कम्पनीका अनुसार ह्वावेको नोभा टूआइ, नोभेम्बर २०१७ देखि ४ महिनाको अन्तरालमै ५० हजार युनिट बिक्री भएको छ ।

नोभा टूआइ आफ्नो विधाको सबैभन्दा रुचाइएको स्मार्टफोन बन्न सफल भएको छ । काठमाडौंका विभिन्न बजारका ग्राहकरुको प्रतिक्रीया अनुसार नोभा टूआइ, आफ्नो फोटोग्राफी र शानदार फुलभ्यु डिस्प्लेका कारण सबैभन्दा रुचाइएको स्मार्टफोन बनेको कम्पनीको दाबी छ ।

नेपाली बजारले ह्वावेको नोभा टूआइको दुवै तर्फ भएको डुअल क्यामराहरुलाई निकै मन पराएका छन् । ब्लर ब्याकग्राउण्डका साथ यसले बोकेह इफेक्ट दिन्छ र उत्कृष्ट सेल्फीका लागि यसमा स्मार्ट सेल्फी टोनिङ फ्ल्यास छ ।

नोभा टूआइ नेपालको एक मात्र स्मार्टफोन हो, जसमा ४ वटा क्यामराको साथ स्लीम बेजेल डिस्प्ले छ, जुन साँच्चै नै उत्कृष्ट छ । २ वटा १३ मेगापिक्सेल अगाडिको र १६ तथा २ मेगापिक्सेलको पछाडिको क्यामराहरु भएको नोभा टूआइले मिड–रेन्ज विधामा आफ्ना सबै समकालीन प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै नेपाली बजारमा आफ्नो विधामा सर्वाधिकमा बिक्री हुने स्मार्टफोन बनेको कम्पनीको भनाई छ ।

फाइल

नोभा टूआइमा ५.९ इन्चको फुल एचडी प्लस डिस्प्ले छ । यो फोनको मेटल फिनिस बडिले यसलाई प्रिमियम लुक दिन्छ र यसको १८ः९ आस्पेक्ट रेसियो डिस्प्लेले यसलाई हाईएन्डको स्मार्टफोन जस्तै देखिन मद्दत गर्छ । नोभा टूआइमा ६४ जीबीको आन्तरिक स्टोरेज तथा ४ जीबीको र्याम रहेको छ । फोनमा फिङ्गर सेन्सर, एण्ड्रोयड ७.० अपरेटिङ् सिस्टम, हाईब्रीड सिम लगायतका विशेषता छन् ।

ह्वावेको नोभा टूआइमा पछि फोकस गर्न मिल्ने फिचर, वाइड एर्पेचर मोड, अटो र म्यानुयल फोकस फिचर जस्ता डिएसएलआर क्यामरामा हुने अत्याधुनिक क्यामरा सेटिङहरु रहेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ३० फाल्गुन २०७४, बुधबार

ताजा समाचार