आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा टेकुमा स्थापना

Technology Khabar २९ फाल्गुन २०७४, मंगलवार

आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा टेकुमा स्थापना

काठमाडौं ।

काठमाडौं, २९ फागुन । आइएमई जनरल इन्स्योरेन्सले ३३औं शाखा काठमाडौंको टेकू स्थित अम्बे कम्प्लेक्समा फागुन २९ गतेदेखि संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागार्इले गरे ।

उक्त अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले बीमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफनो उपस्थिती जनाई लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहजरुपमा प्रदान गर्न आग्रह गरेका थिए ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।

कम्पनीको आज उद्घाटन भएको शाखा सहित ३३ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

easy care

प्रकाशित: २९ फाल्गुन २०७४, मंगलवार