वन प्लसका फ्ल्यागशिप फोनमा ‘ओरियो’ सिस्टम अपग्रेड, फेसअनलक सुबिधा पनि उपलब्ध

Technology Khabar २८ फाल्गुन २०७४, सोमबार

वन प्लसका फ्ल्यागशिप फोनमा ‘ओरियो’ सिस्टम अपग्रेड, फेसअनलक सुबिधा पनि उपलब्ध

काठमाडौं ।

काठमाडौं, २८ फागुन । वान प्लसले नेपाली प्रयोगकर्ताहरुका लागि सिस्टम अपग्रेड दिन शुरु गरेको छ।

वान प्लसले भर्रखरै एन्ड्रोइड भर्सनको ओरियो सिस्टम अपग्रेड गरेको छ । वान प्लस ५टी, वान प्लस ५, वान प्लस ३टी र वान प्लस ३ मा यो नयाँ सिस्टम अपग्रेड गर्न सकिनेछ ।

वान प्लसले विश्वमै नबिनतम प्रविधिसँग जोडिन हरेक क्षण कामगर्दै आएको छ । कम्पनीले वान प्लस ३ र ३टी २०१६ मा विश्व बजारमा ल्याएता अहिले आएको नयाँ अपग्रेडिङ सिस्टमले यसमा सर्पोट गर्ने कम्पनीले जानकारी दिएको छ ।

वान प्लस ३टी र वान प्लस ५ मा फेसअनलक सुबिधा उपलब्ध गराईएको छ । फेस अनलकमा १०० भन्दा धेरै युनिक फिचरको सहायताले वान प्लस ५ र वान प्लस ३ टी खोल्न सकिने छ । यसको लागि फोनको अगाडिको क्यामेराको सहयोग लिन सकिन्छ । यसको प्रयोग फिंगर प्रिन्टस्को सहायता लिँदा निकै धेरै समय लाग्ने भएकाले छिटोगर्न प्रयोग गरिने छ, यसको प्रयोगबाट ०.०७ सेकेन्डमा नै मोवाइल अनलक हुने कम्पनीको दाबी छ ।

फेसअनलक सिस्टम वान प्लस ५टी, वान प्लस ५ र वान प्लस ३टीमा बजारमा उपलब्ध अन्य स्मार्टफोन मध्ये सबैभन्दा छिटो खुल्ने दाबी कम्पनीको छ ।

वान प्लस कष्टुमर अपरेटिङ सिस्टम ‘अक्सिजन’ को डिजाइन सुबिधा र अनुकुलता सहित परिमार्जन गरिएको छ । जसको प्रयोगबाट प्रयोगकर्ताले भिन्न अनुभब गर्न सक्ने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २८ फाल्गुन २०७४, सोमबार

ताजा समाचार