ग्यालेक्सी एस नाइन र नाइन प्लसको नेपाली मूल्य यस्तो छ, भारतमाभन्दा सस्तो किन्न पार्इने

Technology Khabar २७ फाल्गुन २०७४, आईतवार

ग्यालेक्सी एस नाइन र नाइन प्लसको नेपाली मूल्य यस्तो छ, भारतमाभन्दा सस्तो किन्न पार्इने

काठमाडौं ।

काठमाडौं, २७ फागुन । सामसंगले बजारमा सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस ल्याउँदैछ।

फागुन २८ गते सोमबार नेपाली बजारमा सामसंगले दूबै फोनहरु सार्वजनिक गर्दैछ । कम्पनीले सार्वजनिक गर्न लागेको यो फ्ल्यागशिप फोन अहिले चर्चाको शिखरमा रहेको छ ।

स्पेनमा भएको मोबाइल वल्र्ड कंग्रेसमा फेब्रुअरी २५ मा सार्वजनिक गरिएको यो स्मार्टफोन छिमेकी मुलुक भारतमा भने केहि दिन अघि सार्वजनिक भएको थियो । भारतीय बजारमा सो फोन हाल प्रि बुकिंगमा रहेको छ भने मार्च १६ देखि उपलब्ध गराउने योजना रहेको छ ।

सो फोन नेपाली बजारमा आएपछि यसको मूल्य कति हुन्छ भन्ने विषयमा सबैको चासो रहेको छ ।

दूबै फोनहरु ६४ जीबी आन्तरिक स्टोरेजसहित उपलब्ध गराउने छ ।

कम्पनीले यसअघि सार्वजनिक गरेको एस एट तथा एस एट प्लसको सक्सेसरको रुपमा आएको यो फोनको फीचरहरु यसअघिको फोनभन्दा केहि थप गरिएका छन् ।

कुन संस्करण आउँछ नेपालमा

नेपाली बजारमा सामसंगले शुरुवाती चरणमा एउटा स्टोरेज संस्करण मात्र सार्वजनिक गर्ने योजना राखेको छ । कम्पनीले बजारमा दूबै फोनहरु ६४ जीबी आन्तरिक स्टोरेजसहित उपलब्ध गराउने छ । त्यसपछि भने बजारको माग अनुसार केहि पछि मात्र १२८ जीबी स्टोरेज भएको फोन आउनेछ । तर नेपाली बजारमा २५६ जीबी स्टोरेज आउने वा नआउने भन्ने बारेमा अझै केहि स्पष्ट छैन ।

कम्पनीले स्टोरेजको आधारमा नै नेपाली बजारमा यसको मूल्य तोक्ने छ ।

यी फोनहरुमा सामसंगले ड्यूल सिम सपोर्ट गर्ने सेटहरु मात्र नेपालमा उपलब्ध गराउने कम्पनी स्रोतको भनाई छ ।

एस नाइनको मूल्य ९३ हजार रुपैयाँ बराबर तोकेको छ भने एस नाइन प्लसको मूल्य १ लाख ५ हजार रुपैयाँ बराबर तोकेको छ ।

क्यामरालाई अधिक महत्व दिईएको यो फोनमा यसअघिको भन्दा केहि फीचरहरु थप गरिएका छन् ।

यस्तो छ मूल्य

विश्व बजारमा एस नाइनको मूल्य ८४९ यूरो र एस नाइन प्लसको मूल्य ९४९ यूरो तोकिएको छ । तर विभिन्न देशअनुसार यसको मूल्य केहि तल माथि राखिएको छ ।

नेपाली बजारमा पनि यो स्मार्टफोनको औपचारिक मूल्य कम्पनीले आन्तरिक रुपमा तोकिसकेको भएपनि सार्वजनिक गरेको छैन् । कम्पनीले एस नाइनको मूल्य ९३ हजार रुपैयाँ बराबर तोकेको छ भने एस नाइन प्लसको मूल्य १ लाख ५ हजार रुपैयाँ बराबर तोकेको छ । यो मूल्य एस नाइन तथा एस नाइन प्लसको ६४ जीबी आन्तरिक स्टोरेजका लागि हो ।

क्यासब्याक अफरको आधारमा हेर्दा नेपाली बजारमा छिमेकी मुलक भारतको भन्दा एस नाइनको मूल्य करिब ४ हजार ६ सय र एस नाइन प्लसको मूल्य करिब ४ हजार ८ सय रुपैयाँले सस्तो हुनेछ ।

प्री बुकिङ पनि हुँदै

यी दूवै सेटहरु सोमबारदेखि नेपाली बजारमा प्री बुकिङ गर्नको लागि कम्पनीले सार्वजनिक गरिसकेको छ । यहि मार्च फागुन २८ गते अर्थात भोली सोमबारदेखि शुरु हुने प्री बुकिङमा खरिदकर्ताले न्यूनतम ५ हजार रुपैयाँ शुरुमा नै तिर्नुपर्ने हुन्छ, जून रकम मोबाइल खरिद गर्ने बेलामा घटाएर बाँकी मूल्य भूक्तानी गर्नुपर्ने हुन्छ ।

कम्पनीले प्री बुकिंगको अवसर पारेर एस नाइन तथा नाइन प्लस खरिद गर्दा ‘क्यास ब्याक’ दिने वा उपहार दिने योजना पनि ल्याएको छ ।

खरिदकर्ताका लागि ५ हजार रुपैयाँ क्यासब्याक लिने वा वायरलेस चार्जर लिने भनेर कम्पनीले छनौटको अवसर दिएको छ । खरिदकर्ताले सो मूल्य बराबरको रकम घटाएर डिभाइस मात्रै किन्न सक्दछ वा वायरलेस चार्जर छनौट गरेमा सो क्यासब्याक रकम पाउने छैन् । अर्थात यी दूर्इमध्ये एक मात्र लिन पार्इनेछ ।

कम्पनीले दिएको क्यासब्याकको रकमको आधारमा हिसाव गर्ने हो भने ग्यालेक्सी एस नाइनको ८८ हजार रुपैयाँ बराबर र एस नाइन प्लसको १ लाख रुपैयाँ बराबर पर्नेछ । क्यासब्याक अफरको आधारमा हेर्दा नेपाली बजारमा छिमेकी मुलक भारतको भन्दा एस नाइनको मूल्य करिब ४ हजार ६ सय र एस नाइन प्लसको मूल्य करिब ४ हजार ८ सय रुपैयाँले सस्तो हुनेछ ।

यो फोन नेपाली ग्राहकको हातमा हेर्न भने चैत मध्य वा अन्त्यसम्म कुर्नुपर्ने हुन्छ ।

कम्पनीले नयाँ फोनको खरिदमा मोबाइल सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा बण्डलिंगमा डाटा छुट दिने योजना पनि सार्वजनिक गर्ने छ । त्यसैगरि यो फोनका साथमा बीमा योजना पनि ल्याउने  र यसको डिस्प्ले फुटेमा फेर्ने योजना पनि आउने बताईएको छ ।

कहिले हातमा पर्छ

यो फोन अहिले नेपालमा सार्वजनिक गरेपनि फोन तत्काल चलाउन भने पाईने छैन् । शुरुमा किन्न चाहने ग्राहकहरुले प्री बुकिङ मार्फत फोन बुक गर्नुपर्नेछ भने अन्य ग्राहकहरुले त्यसपछि मात्र किन्न पाउने छन् ।

छिमेकी मुलुकमा भारतमा मार्च १६ तारिख अर्थात चैत २ गतेदेखि ग्राहकको हातमा उपलब्ध हुने यो फोन नेपाली ग्राहकको हातमा हेर्न भने चैत मध्य वा अन्त्यसम्म कुर्नुपर्ने हुन्छ । यो फोन अहिले प्री बुकिंग भएपनि फोन आउन करिब चैतको अन्तिमसाता लाग्ने स्रोतको भनाई छ ।

छिमेकी मुलुक भारतमा एस नाइनको मूल्य ५७ हजार ९ सय भारु तोकिएको छ भने एस नाइन प्लसको मूल्य ६४ हजार ९ सय भारु तोकिएको छ । त्यस्तै यूएईमा एस नाइनको मूल्य नेपाली रुपैयाँ ८८ हजार ३ सय रुपैयाँ जति पर्न आउँछ ।

Global Bank
easy care

प्रकाशित: २७ फाल्गुन २०७४, आईतवार

ताजा समाचार