नेपालकै अग्रणी महिला चालकलाई यामाहाको स्कुटर

Technology Khabar २४ फाल्गुन २०७४, बिहीबार

नेपालकै अग्रणी महिला चालकलाई यामाहाको स्कुटर
Classic Tech

काठमाडौं, २४ फागुन । १०८औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालकै अग्रणी, सम्भवतः पहिलो महिला स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेको छ ।

३० को दशकमै स्कुटर चलाएर महिला स्वतन्त्रताको आन्दोलनमा टेवा पु¥याउनुका साथै साथै महिला उद्यमशिलताको विकासमा महत्वपूर्ण भूमिका खेलेकी श्रेष्ठलाई एमएडब्लुले यामाहा स्कुटर हस्तान्तरण गरेर सम्मान गरेको जानकारी दिएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा कमला श्रेष्ठले सुरुवाती दिनहरुमा स्कुटर चालकका रुपमा आफूले भोगेका अप्ठेरा र समस्याका बारेमा अनुभव बाँडेकी थिइन् ।

‘थाइल्यान्ड बसाइको बेला त त्यस्तो समस्या आएन तर नेपाल फर्केपछि भने विभिन्नखाले समस्या आइलागे । छोरीबेटीलाई स्कुल नै नपठाउने समयमा केटाहरुका अगाडि स्कुटर चढेर हिंड्नु कम्ता चुनौतीपूर्ण थिएन,’ वरिष्ठ सौन्दर्य व्यवसायी तथा महिला उद्यमी श्रेष्ठ भनिन् ।

उनी हाल नेपाल उद्योग तथा वाणिज्य महासंघका कार्यकारी सदस्य, महिला उद्यमशिलता विकास कटिमीकी अध्यक्ष र सौन्दर्य व्यवसायी संघ, नेपालकी अध्यक्षसमेत छिन् ।

कमला श्रेष्ठलाई एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा पोखरेलले विगतमा स्कुटरलाई महिला सवारीका रुपमा लिइए पनि आजभोलि आधा स्कुटर चालक पुरुष भएको बताए ।

यामाहाले आफ्नो ‘एसस्कुटर’ अभियान अन्तर्गत बुधबार (७ मार्च)मा नेपालमै पहिलो पटक ‘स्कुटर डे’ मनाएको थियो । यसै अवसरमा यामाहाले आफ्ना सर्भिस सेन्टरहरुबाट सबै ब्रान्डका स्कुटरलाई निशुल्क ‘वास’ गरिदिएको थियो ।

TK Viber

प्रकाशित: २४ फाल्गुन २०७४, बिहीबार

Loading...