सपिङ साइट ‘कपडा डट कम’ शुरु

Technology Khabar २० फाल्गुन २०७४, आईतवार

सपिङ साइट ‘कपडा डट कम’ शुरु

काठमाडौं ।

काठमाडौं, २० फागुन । लाबीज एण्ड ब्रायन फेशन लिमिटेडले कपडा डट कम (Kapada.com) नामक अनलाइन सपिङ साइटको शनिबारबाट औपचारिक थालनी गरेको छ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले एक एक विशेष कार्यक्रमवीच कपडा डट कमको औपचारिक शुरुवात गरे । बेलायतको लण्डनमा ३ वर्ष अघिदेखि सञ्चालनमा आएको कपडा डट कमले नेपाली परम्परागत पोशाकदेखि लिएर बजारमा उपलब्ध विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका पोशाक बिक्री गर्ने बताईएको छ ।

नेपालमा समेत इ–कर्मश उद्योगको प्रवद्र्धन गर्न सघाउने उद्देश्य सहित यो अनलाइन साइट सञ्चालन गरिएको कपडा डट कमका प्रमुख कार्यकारी विष्णु पुरीले बताए ।

कपडा डट कमले नेपालमै पहिलोपटक विभिन्न समुदाय विशेषको जातीय पोशाकको समेत बिक्री सुरु गरेको छ । प्रमुख कार्यकारी पुरीकाअनुसार यसबाट खासगरी विदेशमा रहेका नेपाली समुदायले आफ्नो समुदाय विशेषको पोशाक ई सेवा, पेपाल, डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी अनलाइनबाट खरिद गर्न सक्नेछन् । नेपाल भित्रका उपभोक्ताले भने क्यास अन डेलिभरी समेतको समेत सुविधा पाउने छन् ।

यो साइटमा उपभोक्ताले नेपाली गर्मेन्ट्स, फुटवेयर, विभिन्न किसिमका गिफ्टस आइटम, केक, विद्यालयका पोशाक लगायतका सामानहरु खरिद गर्न सक्नेछन् । यी सामानको खरिदमा होम डेलिभरीको सुविधासमेत कम्पनीले उपलब्ध गराउने छ ।

हाललाई काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, चितवन र बुटवलका बजार क्षेत्रमा डेलिभरीको सुविधा उपलब्ध गराइएको छ । भविष्यमा यसलाई मूलुकका अन्यत्र क्षेत्रमा समेत विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।

कपडा डट कमबाट विश्वका जुन सुकै ठाउँमा रहेका उपभोक्ताले नेपालमा रहेका आफन्तलाई उपहार, केक तथा अन्य सामग्री अनलाइनबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २० फाल्गुन २०७४, आईतवार