आइएमई डिजिटल र सिद्वार्थ बैंकबीच सम्झौता, बैंकबाट मोबाइल वित्तीय सेवा उपलब्ध हुने

Technology Khabar १८ फाल्गुन २०७४, शुक्रबार

आइएमई डिजिटल र सिद्वार्थ बैंकबीच सम्झौता, बैंकबाट मोबाइल वित्तीय सेवा उपलब्ध हुने

काठमाडौं ।

काठमाडौं, १८ फागुन । आइएमई ग्रुपद्वारा प्रबद्र्धित आइएमई डिजिटल र सिद्वार्थ बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्वार्थ बैंकको तर्फबाट भुक्तानी विभाग प्रमुख सुरेश महर्जनले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सिद्वार्थ बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकले चाडै नै सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्रदान गर्नेछ ।

साथसाथै सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १८ फाल्गुन २०७४, शुक्रबार

ताजा समाचार