एप्पल तीनवटा आइफोन ल्याउने योजनामा, ओएलईडी डिस्प्ले र ड्यूल सिम सपोर्ट हुने

Technology Khabar १६ फाल्गुन २०७४, बुधबार

एप्पल तीनवटा आइफोन ल्याउने योजनामा, ओएलईडी डिस्प्ले र ड्यूल सिम सपोर्ट हुने
Classic Tech

काठमाडौं, १६ फागुन । विश्वको सबैभन्दा मूल्यवान टेक कम्पनी एप्पलले यो वर्ष आइफोन एक्सको डिजाइनभएको नयाँ फोनहरु सार्वजनिक गर्ने योजना लिएको छ । हालै आएको एक मिडिया रिपोर्टअनुसार कम्पनीले आइफोन एक्सको जस्तै डिजाइनमा नयाँ ३ आइफोनहरु ल्याउन लागेको हो ।

कम्पनीले यो वर्ष अहिलेसम्मकै सबैभन्दा ठूलो आइफोन सार्वजनिक गर्नेछ भने अर्को अपग्रेडेड भर्सनको आइफोन र तेस्रो सस्तो आइफोन ल्याउने तयारी गरिरहेको छ ।

एप्पलले फ्याबलेटको जस्तै मल्टिटास्किंग फोन ल्याउन लागेको हो जून आइफोन एक्सको जस्तो डिजाइनमा सस्तो र सूपथ मूल्यको हुनेछ । कम्पनीले ल्याउने नयाँ आइफोनको साइज ६.५ इन्चको ओएलईडी डिस्प्लेसहितको हुनेछ भने आइफोनको अपडेटेड भर्सनको साइज ५.८ इनचको ओएलईडी डिस्प्लेसहित हुनेछ । यसको साथमा कम्पनीले ६.१ इन्चको टिएफटी एलसीडी डिस्प्ले भएको आइफोन समेत ल्याउने बताईएको छ ।

आइफोन ६.५ इन्चको आइफोन अहिलेको आइफोन एक्सको भन्दा अधिक फीचर र १२४२ह२६८८ स्क्रीन रिजोल्यूशन सहितको हुनेछ जसको कोड नाम डि३३ राखिएको छ ।

रिपोर्टअनुसार एप्पलले सबैभन्दा ठूलो डिस्प्ले भएको आइफोनमा दुई वटा सिम प्रयोगको सुविधा दिनसक्ने बताईएको छ, जसले नियमित यात्र गर्ने आइफोन प्रयोगकर्तालाई सहज हुने छ तर कम्पनीले इ–सिमको बारेमा पनि ध्यान दिईरहेको छ ।

कम्पनीले यसअघि देखि नै आफ्ना उत्पादनहरुको परिक्षण गरिरहेको बताईएको छ जून यहि वर्षको अन्त्यसम्ममा आउने अनुमान गरिएको छ ।

रिपोर्टअनुसार कम्पनीले उत्पादनको लागि योजना परिवर्तन समेत गर्नसक्ने अनुमान गरिएको छ ।

स्रोत माध्यम

TK Viber

प्रकाशित: १६ फाल्गुन २०७४, बुधबार

Loading...