आइफोन एक्स जस्तै देखिने ‘शाओमी मि मिक्स २ एस’, जेस्चर कन्ट्रोल फीचर हुने

Technology Khabar ८ फाल्गुन २०७४, मंगलवार

आइफोन एक्स जस्तै देखिने ‘शाओमी मि मिक्स २ एस’, जेस्चर कन्ट्रोल फीचर हुने

काठमाडौं ।

काठमाडौं, ८ फागुन । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले मि मिक्स २ (Mi Mix 2) को अपटेडेट भर्सन सार्वजनिक गर्ने चर्चा चलिरहेको छ । कम्पनीले यहि महिनाको अन्तिममा हुने मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर मि मिक्स २एस ल्याउन लागेको हो ।

कम्पनीले ल्याउन लागेको मि मिक्स २ एस मा आइफोन एक्सको जस्तै जेस्चर कन्ट्रोल फिचर हुने एक रिपोर्टमा उल्लेख गरिएको छ ।

शाओमीले सबैभन्दा पहिले बेजेल लेस डिस्प्लेको कन्सेप्टको आधारमा मि मिक्स स्मार्टफोन सार्वजनिक गर्यो र बिक्री गर्यो । त्यसपछि कम्पनीले मि मिक्स २ पनि बजारमा ल्यायो र अब भने यसको नयाँ भर्सन ल्याउन लागेको हो ।

शाओमीको नयाँ आउन लागेको स्मार्टफोनको एउटा भिडियो इन्टरनेटमा आएको छ जसले मि मिक्स २ एस (Mi Mix 2s) को बारेमा जानकारी दिने दाबी गरेको छ । यो भिडियोमा यो स्मार्टफोनमा भएको आइफोन एक्सको जस्तै जेस्चर कन्ट्रोल फिचर हेर्न सकिन्छ ।

एप्पलले लन्च गरेको आइफोन एक्समा होम बटन हटाएर त्यसको फीचरको लागि जेस्चर कन्ट्रोल राखिएको छ । शाओमीको मि मिक्स २ एसमा पनि त्यस्तै फीचर रहेको भिडियोमा देखिन्छ ।

शाओमीको नयाँ फोनको बारेमा आधिकारिक कुनै जानकारी बाहिर नआएपनि बाहिर आएका जानकारीहरुअनुसार फोनमा क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसरका साथमा ८ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ ।

यो फोनमा ५.९९ इन्चको बेजेल लेस डिस्प्ले हुनेछ जसमा ९५ प्रतिशत स्क्रीन टू बडि रेशियोका साथमा आउनेछ । यो स्मार्टफोन एन्ड्रोयड ओरियो ८.० भर्सनमा आधारित हुनेछ भने पावरका लागि यसमा ३४०० एमएएचको ब्याट्री हुनेछ ।

फोटोका लागि शाओमी मि मिक्स २एसमा सोनीको सेन्सर प्रयोग गरिने र हेर्दा आइफोन एक्स जस्तै देखिने बताईएको छ ।

तर हालसम्म यो फोन कहिले आउँछ भन्ने कुनै आधिकारिक जानकारी छैन् ।

एजेन्सी

easy care

प्रकाशित: ८ फाल्गुन २०७४, मंगलवार