टीसीएल ब्राण्डका एस ६ र एस ६२ मोडलका स्मार्ट टिभीहरु बजारमा

Technology Khabar ७ फाल्गुन २०७४, सोमबार

टीसीएल ब्राण्डका एस ६ र एस ६२ मोडलका स्मार्ट टिभीहरु बजारमा

काठमाडौं ।

काठमाडौं, ७ फागुन। टीसीएल ब्राण्डले नयाँ डिजाइनको एस ६, एस ६२ मोडलका स्मार्ट टिभीहरु नेपाली बजारमा ल्याएको छ ।

सो टिभीहरुमा ६ जीबी डीडीआर३ र्याम, क्वाडकोर १ गिगाहर्ज प्रोसेसर, नेटफिल्क्स तथा वायरलेस मिररिङलगायतका विषेशताहरु छन् ।

टीसीएल ब्राण्ड एलइडी टिभीहरुको लागि विश्वकै तेस्रो ठूलो ब्राण्ड हो । नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर छ र उपभोक्तहरु माझ नियमीत विश्वस्तरीय उत्पादनहरु दिदै संसार भरिकै ग्राहकलाई सन्तुष्टी प्रदान गरिरहेको कम्पनीको दाबी छ ।

नेपालका लागि टीसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

Global Bank
easy care

प्रकाशित: ७ फाल्गुन २०७४, सोमबार

ताजा समाचार