ह्वावेका फोनहरुमा सुरक्षा जोखिम- अमेरिकी सुरक्षा अधिकारी

Technology Khabar ३ फाल्गुन २०७४, बिहीबार

ह्वावेका फोनहरुमा सुरक्षा जोखिम- अमेरिकी सुरक्षा अधिकारी

काठमाडौं ।

काठमाडौं, ३ फागुन । चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेका फोनहरुको बजार बढिरहेको छ भने नेपाललगायत विश्वका विभिन्न मुलुकहरुमा आफ्ना मोबाइल फोनहरुका साथै विभिन्न उत्पादनहरु बिक्री गरिरहेको छ । तर हालै अमेरिकामा भने ह्वावेका फोनहरु खरिदमा रोक लगाउनुपर्ने सुझाव आएको छ ।

अमेरिकाका सुरक्षा तथा अनुसन्धान अधिकारीहरुले ह्वावे (Huawei) फोनहरुको खरिद तथा प्रयोगमा नै रोक लगाउन सुझाव दिएका हुन् ।

अमेरिकी बजारमा चिनियाँ कम्पनी ह्वावेले आफ्ना फोनहरु बेच्ने तयारी गरिरहँदा यस्तो सुझाव सुरक्षा अधिकारीहरुले दिएका हुन् ।

सिआईए, एफबीआई, एनएसए र अमेरिकाको राष्ट्रिय अनुसन्धान निर्देशकसहित ६ संस्थाहरुले ह्वावे र त्यस्तै प्रकारको चिनियाँ टेलिकम कम्पनी जेडटिई (ZTE) को बारेमा अविश्वास दर्शाएका हुन् ।

अमेरिकी ६ उच्च इन्टेलिजेन्सका प्रमुखहरुले सिनेट इन्टेलिजेन्स कमिटीलाई मंगलवार चिनियाँ स्मार्टफोन मेकर कम्पनी ह्वावेका उत्पादन तथा सेवाहरु प्रयोगका लागि सल्लाह नदिने बताएका हुन् ।

सिआईए, एफबीआई, एनएसए र अमेरिकाको राष्ट्रिय अनुसन्धान निर्देशकसहित ६ संस्थाहरुले ह्वावे र त्यस्तै प्रकारको चिनियाँ टेलिकम कम्पनी जेडटिई (ZTE) को बारेमा अविश्वास दर्शाएका हुन् ।

सो सुनुवाईमा उनीहरुले चिनियाँ कम्पनीहरुका उत्पादनहरु कुनैपनि अमेरिकी नागरिकहरुले प्रयोग गर्न नहुने उल्लेख गरेका थिए ।

एफबीआईका निर्देशक क्रिश रेले विदेशी सरकारसँग सम्बन्धित भएका कम्पनी वा निकायहरुलाई अनुमति दिँदा जोखिम हुनसक्ने भन्दै अमेरिकी टेलिकम्यूनिकेसन्स नेटवर्कमा आउन दिन नहुने सल्लाह दिएका थिए । उनले ती कम्पनीहरुले अमेरिकी टेलिकम्यूनिकेसन्स इन्फ्रास्ट्रक्चरमाथि नियन्त्रण गर्न सक्ने र मालिसियस मोडिफिकेसन गर्न सक्ने अथवा सूचना चोरी गर्न सक्ने दाबीगरेका थिए ।

उता ह्वावेले भने एउटा सूचना प्रविधि खरिदबिक्री कम्पनीको भन्दा कुनैपनि प्रकारको ठूलो साइबर सेक्यूरिटी जोखिम नभएको बताएको छ । ह्वावे विश्वका १७० भन्दा बढि मुलुकहरुमा रहेको र त्यहाँ पनि कुनै जोखिम नभएको कम्पनीका प्रवक्ताले दाबी गरेका छन् ।

ह्वावे अमेरिकी बजारमा प्रवेश गर्ने तरखरमा छ जसले एटी एण्ड टीसँग सहकार्य गर्ने प्रयासमा छ ।

स्रोत माध्यम

easy care

प्रकाशित: ३ फाल्गुन २०७४, बिहीबार