विश्वको सबैभन्दा पातलो एलईडी टिभी एमआई टिभी ४ सार्वजनिक

Technology Khabar २ फाल्गुन २०७४, बुधबार

विश्वको सबैभन्दा पातलो एलईडी टिभी एमआई टिभी ४ सार्वजनिक

काठमाडौं ।

काठमाडौं, २ फागुन । साओमीले विश्वको सबैभन्दा पातलो एलईडी टिभी सार्वजनिक गरेको छ । कम्पनीले भारतमा रेडमी सिरिजको स्मार्टफोनका साथमा नयाँ एलईडी टिभी पनि सार्वजनिक गरेको हो ।

कम्पनीकाअनुसार यो टिभीको मोटाई ४.९ मिलिमिटरको मात्र छ, जसलाई कम्पनीले विश्वको सबैभन्दा पातलो टिभीको रुपमा दाबी गरेको छ ।

एमआई टिभी ४ नामक ५५ इन्चको सो टिभी दाबी गरिएअनुसार आइफोन सेभेन भन्दा ३० गुणा पातलो छ । यो टिभीमा फ्रेमलेस डिजाइन दिईएको छ । यसका साथै १० स्पीकरका साथ एमआई टिभी बार, २ वटा वायरलेस रियर स्याटेलाइट स्पीकर तथा एउटा सबवूफर इन्टिग्रेट गरिएको छ ।

साओमीको एमआई टिभी ४ ले डल्बी अट्मोस अडियो टेक्नोलोजी सपोर्ट गर्दछ ।

यो टिभी एउटा मोड्यूलर डिजाइनका साथ आउँछ, जसलाई भविश्यमा अपग्रेड गर्न सकिन्छ ।

यो मोडलमा एमआई पोर्ट राखिएको छ जसले एमआई टिभी बारको डिस्प्लेसँग जोड्दछ । कनेक्टिभिटीको लागि यसमा वाईफाई, ब्लूटूथ, इथरनेट, एचडीएमआई तथा यूएसबीको सपोर्ट छ ।

साओमी एमआई टिभी ४ को सो मोडलमा पारदर्शि स्ट्याण्ड उपलब्ध छ । कम्पनीले सो टिभीको मोडलमा आर्टिफिशियल इन्टेलिजेन्स आधारित यूआई प्याचवाल राखेको छ ।

सो टिभीमा १.८ गीजाहर्जको कोर्टेक्स ए ५३ क्वाड कोर प्रोसेसर राखिएको छ भने माली टि ८३० इमेज प्रोसेसर रहेको छ । कम्पनीले भारतीय बजारमा यो टिभीको मूल्य भारु ३९,९९९ तोकेको छ ।

easy care

प्रकाशित: २ फाल्गुन २०७४, बुधबार

ताजा समाचार