सामसङ्ग प्लाजामा एक्सचेञ्ज मेला, पुराना मोबाइलहरु सामसुङ स्मार्टफोनसँग साटिने

Technology Khabar १ फाल्गुन २०७४, मंगलवार

सामसङ्ग प्लाजामा एक्सचेञ्ज मेला, पुराना मोबाइलहरु सामसुङ स्मार्टफोनसँग साटिने

काठमाडौं ।

काठमाडौं, १ फागुन । हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत संचालित सामसङ्ग प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ ।

फेब्रुअरी ८ देखि १८ तारिखसम्म चल्ने सो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोवाइलसँग सामसङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्टफोनहरु एक्सचेञ्ज गर्न सक्ने बताईएको छ ।

हालसम्म २ हजार भन्दा बढि मोवाइल सेटहरु एक्सचेञ्ज भईसकेका छन् । यो मेला उपत्यकाभर फैलिएका ७ वटा सामसङ्ग प्लाजाहरुमा संचालन भईरहेको कम्पनीले जनाएको छ ।

‘यो एउटा यस्तो अवसर हो, जहाँ कुनैपनि ब्रान्डको पुराना मोबाइल सेटलाई नयाँ सामसुङको स्मार्ट फोनसँग एक्सचेञ्ज गर्न सक्नुहुनेछ । मलाई आशा छ यो कार्निभलले हाम्रा ग्राहकको मुहारमा केही भएपनि खुसी ल्याउने छ,’ हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले भनिन् ।

मेला आयोजना भईरहेका सामसङ्ग प्लाजाहरु-

१. सामसङ्ग प्लाजा, दरवारमार्ग, काठमाडौं
२. सामसङ्ग प्लाजा, नयाँ बानेश्वर, काठमाडौं
३. सामसङ्ग प्लाजा, सिभिल मल, काठमाडौं
४. सामसङ्ग प्लाजा, सुर्यविनायक, भक्तपुर
५. सामसङ्ग प्लाजा, नयाँ बजार, काठमाडौं
६. सामसङ्ग प्लाजा, चुच्चेपाटी, काठमाडौं
७. सामसङ्ग प्लाजा, कुपन्डोल, ललितपुर

Global Bank
easy care

प्रकाशित: १ फाल्गुन २०७४, मंगलवार

ताजा समाचार