Technology Khabar २८ माघ २०७४, आईतवार
काठमाडौं, २८ माघ । भ्यालेन्टाइन डेलाई लक्षित गर्दै के एल मोबाइल हबले बाइ वान गेट वान फ्रि अफर सहित मोबाइल मेला आयोजना गर्ने भएको छ । चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित मोबाइल मेला आयोजना गर्न लागेको हो ।
मोबाइल हबले यहि फेब्रुअरी १३ तारिखदेखि १५ दिनसम्म मोबाइल मेला आयोजना गर्ने भएको हो । फेब्रुअरी २८ सम्म चल्ने मेलामा मोबाइल खरिद गर्दा विभिन्न किसिमका उपहारको व्यवस्था गरिएको छ । मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गरिने जानकारी दिएको छ ।
साथै मोबाइल हवले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु सञ्चालन गर्नेछ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् । जसमा गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।
साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ ।
त्यसै गरि मेला अवधिभरी आयोजना हुने फोटो कन्टेस्टमा प्रथम र दोस्रो हुनेलाई क्रमशः ओप्पोको एफ फाइभ मोबाइल तथा भिभोको भि ७ मोबाइल प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक ग्लाइडरले जानकारी दिए ।
मोबाइल मेलामा हबले दशैं, तिहारमा सञ्चालन गरेको अफर भित्र पनि अफरको गोलाप्रथा पनि खोलिने छ । जसमा पहिलो हुनेले यामाहाको आर वान फाइफ मोटरसाइकल, दोस्रो हुनेले आईफोन ८, तेस्रो हुनेले मलेशिया तथा सिंगापुर भ्रमणको प्याकेज र चौथो हुनेले स्मार्ट फोन पाउने कम्पनीले जनाएको छ ।
प्रकाशित: २८ माघ २०७४, आईतवार