पाँच सय भारुमा फोरजी स्मार्टफोन, अन्य सुविधा पनि पार्इने

Technology Khabar २६ माघ २०७४, शुक्रबार

पाँच सय भारुमा फोरजी स्मार्टफोन, अन्य सुविधा पनि पार्इने
budget phone

काठमाडौं ।

नयाँ दिल्ली, २६ माघ । अब पाँच सय भारु अर्थात नेपाली ८ सय रुपैयाँमा नै फोरजी स्मार्टफोन किन्न पाईने भएको छ । फिचर फोन समेत नआउने मूल्यमा भारतीय कम्पनीहरुले फोरजी स्मार्टफोन ल्याउन लागेका छन् । हालै भारतीय बजारका लागि फोरजी सुविधासहितको स्मार्टफोन अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा ल्याउन लागेका छन् ।

भारतमा स्मार्टफोन र टेलिकम सुविधामा सस्तो मूल्यमा फोनहरु बिक्री गर्ने प्रतिस्पर्धाका बिचमा नयाँ घोषणा बाहिर आएको हो ।

भारतीय टेलिकम कम्पनी भारती एयरटेल, भोडाफोन र आइडिया सेल्यूलरले संयुक्तरुपमा मिलेर अहिलेसम्मकै सस्तो स्मार्टफोन ल्याउन लागेका हुन् । यो स्मार्टफोनले अहिले सस्तोमा फोन र डाटा उपलब्ध गराईरहेको रिलायन्सको जियो फोनलाई सिधा प्रतिस्पर्धा दिनेछ ।

यस्तो सो सो कम्पनीका सेवा प्रदायकहरुका लागि मात्र उपलब्ध हुने बताईएको छ । यस्तो फोन कम्पनीका सेवाहरु भ्वाइस डाटा प्लानसहित आउनेछ जसमा ६० देखि ७० भारुसम्मको प्लान हुनेछ ।

यस्तो सस्तो स्मार्टफोन बण्डलिंग योजनाले कम्पनीहरुको औसर आम्दानी घट्ने भएपनि भविश्यमा ग्राहकहरु स्मार्टफोनमा अपग्रेड हुने र भ्वाइस तथा डाटा प्लानको प्रयोग र्दिघकालमा बढ्ने विश्लेषकहरुको भनाई छ ।

तर सो विषयमा काम गरिएका एक टेलिकम कम्पनीका प्रतिनिधिले जियोले दिएको जस्तो अनुदानमा भने फोन नदिईने जानकारी दिए । यो सुविधा फिचर फोन प्रयोग गर्ने ग्राहकहरुलाई स्मार्टफोनमा स्तरोन्नती गर्ने र स्मार्टफोनको मूल्य कम गर्न सहयोग गर्ने उद्धेश्यले ल्याईएको जानकारी दिईयो ।

जिओले हाल भारतमा १५ सय भारुमा स्मार्टफोन र इन्टरनेटसहितको प्लान दिएको छ । कम्पनीले स्मार्टफोन अनुदानमा दिएको छ भने स्कीममा महिनाको ४९ भारु मात्र चार्ज गरे हुन्छ ।

एजेन्सी

Global Bank
easy care

प्रकाशित: २६ माघ २०७४, शुक्रबार

ताजा समाचार