कुलप्याडको ‘कुल प्ले सिक्स’ बजारमा, १३ मेगापिक्सेलको ड्यूल क्यामरा र ६ जीबी र्याम

Technology Khabar २४ माघ २०७४, बुधबार

कुलप्याडको ‘कुल प्ले सिक्स’ बजारमा, १३ मेगापिक्सेलको ड्यूल क्यामरा र ६ जीबी र्याम
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २४ माघ । कुलप्याड मोबाइलले नेपालमा १ वर्ष पुरा गरेको अवसर पारेर कम्पनीले नयाँ स्मार्टफोन कुल प्ले ६ (Coolpad Cool Play 6) सार्वजनिक गरेको छ ।

एक्स्ट्रिम गेम स्मार्टफोनको रुपमा भित्र्याएको सो फोनमा ६ जीबी र्याम राखिएको छ जसमा अत्यधिकरुमा मोबाइलमा गेम खेल्ने प्रयोगकर्ताहरुका लागि केन्द्रित छ ।

स्मार्टफोनमा सहजरुपमा गेम खेल्नका लागि कुल प्ले सिक्समा १.८ गीगाहर्जको अक्टाकोर क्वालकम स्न्यापड्रागन ६५३ प्रोसेसर प्रयोग गरिएको छ भने ग्राफिक्सका लागि एड्रेनो ५१० जीपीयू राखिएको छ ।

फोनमा ३०० घण्टाको स्ट्यायण्डर्ड समय दिने ४, ००० एमएएचको ब्याट्रि प्याक राखिएको छ । फोनमा ५.५ इन्चको आईपीएस फूलएडची डिस्प्ले छ ।

फोटो खिच्नका लागि कुल प्ले सिक्समा १३ मेगापिक्सेलको ड्यूल रियर क्यामरा राखिएको छ । जसमा सिक्सपी लेन्स तथा एफ २.० अर्पाचर रहेको छ । जसले निकै कम उज्यालोमा पनि आकर्षक तस्विर खिच्ने कम्पनीको भनाई छ ।

कुल प्ले सिक्स स्मार्टफोन एन्ड्रोयड नुगट ७.१.१ अपरेटिंग सिस्टममा आधारि कम्पनीको आफ्नै जनी यूआईमा संचालन हुन्छ । यो फोन भविश्यमा ओरियो ८.० मा अपडेट हुने कम्पनीले दाबी गरेको छ ।

यसका साथै कुल प्ले सिक्स स्मार्टफोनमा लाइटनिंग डिभाइस चार्जिङ्ग तथा डाटा ट्रान्सफरका लागि ड्यूल डिरेक्सन यूएसबी टाइप सी प्रयोग गरिएको छ ।

नेपाली बजारमा कुल प्ले सिक्स कालो र सुनौलो रंगहरुमा उपलब्ध रहेको जानकारी कम्पनीले दिएको छ ।

तर यसको मूल्य कति हो भनेर कम्पनीले कुनै जानकारी दिएको छैन्।

Sajilo Visa

प्रकाशित: २४ माघ २०७४, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार